प्रेस चौतारीले बोलायो केन्द्रीय कमिटी बैठक, महाधिवेशनबारे निर्णय लिने



हाम्रो इकोनोमि

 

 

प्रेस चौतारी नेपालले नवौँ राष्ट्रिय अधिवेशनको मिति निर्धारणलगायत विषयमा छलफल गर्न १२-१३ पुसमा रुपन्देहीको लुम्बिनीमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ । प्रेस चौतारीले केन्द्रीय कमिटीमा अनुशासनको कारबाहीबाट हटाइएर रिक्त स्थानमा बिधानअनुसार सदस्य मनोनयन र एकता प्रक्रियाबाट आएकालाई समायोजन गरेपछि पहिलो पटक केन्द्रीय बैठक बस्न लागेको हो ।

बैठकमा केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यसमेत सहभागी हुने अध्यक्ष गणेश बस्नेतले जानकारी दिए । पछिल्लो पटक संशोधन गरिएको बिधानमा आयोगका सदस्य पनि केन्द्रीय सदस्यकै सरह रहने व्यवस्था भएपछि दुवै आयोगका सदस्यलाई पनि केन्द्रीय कमिटी बैठकमा सहभागी गराइने बस्नेतले जनाए ।

बैठकले राष्ट्रिय अधिवेनशनको मिति तोक्नुका साथै प्रदेश र जिल्ला अधिवेशनको तिथि तय गर्नेछ । चौतारीले आगामी फागुनभित्र नवौं राष्ट्रिय अधिवेशन सम्पन्न गरिने कार्ययोजनासहित अघि बढेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...