प्रकाशमान र विमलेन्द्रको आ-आफ्नै दाउ, रामचन्द्रलाई सभापतिको भाउ



हाम्रो इकोनोमि

 

 

प्रकाशमान सिंहलाई महामन्त्रीको उम्मेदवार हुनबाट रोक्न विमलेन्द्र निधीले नयाँ प्रस्ताव अघि सारेका छन । महाधिवेशनको पूर्वसन्ध्यासम्म पनि चुपचाप रहेका निधीले शुक्रबार रामचन्द्र पौडेललाई सभापतिमा सर्वसम्मत उम्मेदवार बनाउन प्रस्ताव गरेका छन ।

उनले पौडेल समूहमा सभापतिको उम्मेदवारको विषयलाई लिएर भैरहेको विवादलाई नयाँ मोड दिन खोजिएको बुझिएको छ । प्रकाशमान र विमलेन्द्र दुबै कांग्रेसको महामन्त्री र उपसभापति भैसकेका व्यक्ति हुन । सिंह गणेशमानका पुत्र हुन भने निधी महेन्द्रनारायणका पुत्र हुन ।

निधीले शुक्रबार बिहान ललितपुरमा भएको एउटा भेलामा सम्बोधन गर्दै पौडेलको पक्षमा खुल्ने स्पष्ट संकेत दिएका हुन । देउवा समूहका नेता मानिएका निधि आफैँ सभापतिको उम्मेदवार बन्ने भन्दै चारपाँच महिनाअघि देखि मिडियामा छाएका थिए । उनले बानेश्वरको एक पार्टी प्यालेसलाई सम्पर्क कार्यालय बनाएर आफ्नो गतिबिधि सञ्चालन गर्दै आएका थिए ।

आफैँ सभापतिको दौडमा रहेको एक करोड भन्दा बढी सम्पर्क कार्यालयका नाममा खर्च गरिसकेका निधीले अन्तिमसम्म आएर पौडेलको नाम लिनुलाई रहस्यमय ढंगले हेरिएको छ । धेरैले उनले सिंहलाई रोक्नका लागि यस्तो प्रस्ताव गरेको बुझेका छन ।

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...