देउवाको प्यानल तयार, केहीबेरमा सार्वजनिक हुने



हाम्रो इकोनोमि

 

 

पर्सिदेखि शुरु हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिसहित पदाधिकारीको प्यानल बनाउन संस्थापन पक्षका नेताहरुको बैठक शुरु भएको छ । अहिले सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बैठक बसिरहेको छ ।

बैठकमा सहभागी हुन प्रधानमन्त्री देउवा बूढानिलकण्ठ पुगिसक्नु भएको छ । बैठकले सभापतिसहित १३ पदाधिकारीको नाम टुंगो लगाएर सार्वजनिक गर्ने कांग्रेसका एक नेताले जानकारी दिए । संस्थापन पक्षले १३ पदाधिकारीको अनौपचारिक सूचीसमेत बनाइसकेको छ । तर, पदाधिकारीका लागि आकांक्षीहरुको लबिइङ भैरहेकाले उक्त सूची हेरफेर हुनसक्ने बताइएको छ ।

बालुवाटारको एउटा पक्षले त्यस्तो सूची अहिले सर्वेक्षणका लागि व्यापक रूपमा प्रचार गरिरहेको छ । जसमा सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का तथा डा.प्रकाशशरण महत, महामन्त्रीमा बालकृष्ण खाँण, विश्वप्रकाश शर्मा,सहमहामन्त्रीमा गोविन्द भट्टराई,भिष्मराज आङ्देम्वे,मीन विश्वकर्मा, महालक्ष्मी उपाध्याय (डिना ),फरमुल्लाह मन्सुर, रामजनम चौधरी,जीतेन्द्र देव र जीवनबहादुर शाही रहेका छन् । सभापतिमा दोहोरिने निर्णय गरिसक्नु भएका देउवा जिल्ला तथा प्रदेश अधिवेशनपछि थप उत्साहित हुनुभएको छ । ती अधिवेशनले आफ्नो पक्ष बलियो देखिएको भन्दै संस्थापन पक्ष हौसिएको छ ।

यता,सभापतिको साझा उम्मेदवार तय गर्न सकस झेलिरहेको संस्थापन इतरपक्षका नेताहरु पनि छुट्टै छलफलमा जुटेका छन् । बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा इतर पक्षका केन्द्रीय सदस्य,जिल्ला सभापति र पूर्व जिल्ला सभापतिहरूको बैठक अहिले बसिरहेको छ ।

संस्थापनइतर पक्षमा वरिष्ठ नेता रामचन्द्र पौडेल,महामन्त्री सशांक कोइराला,नेताद्वय प्रकाशमान सिंह र शेखर कोइराला सभापतिको दावेदार छन् । चारै जना प्रतिष्पर्धामा जाँदा संस्थापन पक्षलाई हराउन नसक्ने निष्कर्ष निकालेको यो पक्ष साझा उम्मेदवार तय गर्ने कसरतमा छ । इतर पक्षका नेताहरु अस्तिदेखि लगातार छलफलमा छन् । हिजोको बैठकमा वरिष्ठ नेता पौडेल र अर्का नेता शेखरले प्रतिस्पर्धाबाट पछि हट्ने संकेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...