देउवा-पौडेल आ-आफ्नै प्यानल बनाउने तयारी



हाम्रो इकोनोमि

 

 

पार्टीको केन्द्रीय सभापतिमा पुनः उम्मेदवारी दिने तयारी गरिरहनुभएका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनको तयारीका लागि छलफल गर्न आफ्नो समूहका नेताहरुको बैठक बोलाउनुभएको छ । आज बिहान आफ्नो निजी निवास बूढानीलकण्ठमा बोलाइएको बैठकमा महाधिवेशनको तयारीका अलावा महाधिवेशनमा आफ्नो समूहबाट खडा गर्ने पदाधिकारीहरुको उम्मेदवारी सम्बन्धमा छलफल गर्ने सभापति देउवाको तयारी रहेको बताइएको छ ।

सो पार्टीका नेता एवम् देउवाका विश्वासप्राप्त रमेश लेखकका अनुसार पार्टीको आसन्न १४औँ महाधिवेशन सम्बन्धमा छलफल गर्न सभापतिले बैठक बोलाउनुभएको हो । यसअघि नै सभापतिमा दोहोरिने तयारी देउवाले गरिसक्नुभएको सन्दर्भमा आजको बैठकमा अन्य पदाधिकारीका उम्मेदवारबारे छलफल हुने लेखकको भनाइ छ ।

कांग्रेस पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने र एक कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यबाट निर्वाचित हुने पार्टी विधानको प्रावधान छ ।

यसैगरी, बुधबार बिहान नै कांग्रेसको संस्थापनइतर समूहले पनि महाधिवेशनका लागि आफ्नो समूहबाट सभापतिको एकमात्र उम्मेदवार बनाउने विषयमा छलफल गरिरहेको छ । सो समूहका नेता रामकृष्ण यादवका अनुसार बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा आफ्नो समूहका केन्द्रीय सदस्य, जिल्ला सभापति र पूर्व जिल्ला सभापतिहरुसँग राय–परामर्श गरी एक मात्र उम्मेदवार घोषणा गर्ने तयारी गरिएको छ । पौडेल समूह भनेर चिनिने कांग्रेसको सो समूहको बैठक साझा उम्मेदवार छनोटकै निम्ति मंगलबार नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको थियो । आज साँझसम्म पौडेल समूहले सभापतिको साझा उम्मेदवार तय गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
नेकपाका वडाध्यक्ष सीताराम तामाङ एमाले प्रवेश

  नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नुवाकोटमा पहिरो गएको छ । दुप्चेश्वर गाउँपालिका–१, ग्याङफेदीका...

भोकमरी अन्त्य गरिसक्यौँ, अब सुकुमबासी र गरिबहरूको ध्यान दिन्छौँ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुकुम्वासी, गरिबहरूको पक्षमा आफ्नो पार्टीको...

झापा ५ मा एमाले युवाको मार्चपास

    आसन्न प्रतिनिधि सभा निर्वाचनको प्रचार प्रसारलाई लक्षित गरि नेकपा एमालेले बुधबार...

पपुलिजमको आक्रमणबाट नेपालको लोकतन्त्रलाई जोगाउन आवश्यक छ : सभापति थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पपुलिजमको आक्रमणबाट नेपालको लोकतन्त्रलाई जोगाउनुपर्ने आवश्यक...