भाँडिएको एमाले सम्हालिएको छ : सूर्य थापा



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका केन्द्रीय सदस्य एवम् १०औं महाधिवेशन प्रचार कमिटीका सह–संयोजक सूर्य थापाले नेकपा एमाले पार्टी धेरै भाँडिएको स्थितिबाट सम्हालिएर लय पक्रिएको बताएका छन् ।

विभिन्न खालका अनुभवहरू संगाल्दै नेकपा एमालेलाई आजको बलियो स्थितिमा ल्याइपुर्याएको उनको भनाइ छ । आज मंगलबार आयोजित १०औं महाधिवेशनका लागि गठन गरिएको प्रचार कमिटीको अन्तिम बैठकलाई सम्बोधन गर्दै सह–संयोजक थापाले भने, ‘अघिल्लो स्थानीय तहको निर्वाचनको अनुभवहरूमा आधारित भएर हेर्दा र यहाँसम्म आउँदा हाम्रो अलिक पृथक अनुभव छ । यो बीचमा हामी धेरै भाँडिएको स्थितिबाट सम्हालिएका छौं ।’

‘नेकपा एमालेको पार्टी पंक्ति सग्लो, सवल र क्यावात भन्ने तरिकाबाट आएको भए आजको स्थितिभन्दा धेरै माथि पुगिने थियो,’ थापाले भने, ‘एकदमै भाँडिएको, आलोचनाका नाममा जे मन लाग्यो त्यही बोल्ने र गरेर हिँड्ने स्थितिबाट सम्हालिएर यति भएको हो ।’

अर्को प्रसङ्गमा थापाले प्रचार कमिटीमा रहेका कतिपय व्यक्तिहरू महाधिवेशनका बेला सम्पर्कमै नआएकोप्रति दुःख व्यक्त गरेका छन् । ‘पार्टीका महत्वपूर्ण इभेन्टहरूमा पार्टीले व्यक्ति नभइ व्यक्तिले पार्टी खोज्ने हो,’ थापाले भने, ‘चुनावमा, महाधिवेशनमा वा अर्को यस्तो कामको बेलामा व्यक्तिले पार्टी खोजेर आफूलाई सक्रिय बनाउने र आफ्नो भूमिकाले मान्छे नोटिशमा आउने कुरा हो ।

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...