न्यायाधीशलाई घुस खुवाउने वकिल ओलीको शरणमा



हाम्रो इकोनोमि

 

 

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने बालकोट पुगेका छन ।

ओली भेट्न नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यको नेतृत्वमा अधिवक्ताहरु बालकोट पुगेका छन । ओलीले साढे १२ पछिको समय दिएका छन् । यद्यपी उनीहरूले अहिलेसम्म भेट्न पाएका छैनन् । उनीहरू घरभित्रको कम्पान्डमा कुरेर बसिरहेका छन । यसअघि उनै ओलीलाइ सत्ताच्यूत गर्न न्यायाधीशलाइ घुस खुवाउने वकिलहरू अहिले उनै ओलीको शरणमा पुगेका हुन ।

सर्वोच्च बारका अध्यक्ष शाक्यले अरु नेताजस्तै ओलीलाई पनि न्यायको विकृति विसंगति, भ्रष्टाचार र बिचौलिया अन्त्यमा प्रधानन्यायाधीश बाधक बनेको भन्दै जबराको बहिर्गमनका लागि संवैधानिक प्रक्रिया (महाभियोग) अघि बढाउन अनुरोध गरिने बताए ।

यसअघि बारका पदाधिकारीले एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई भेटेर ध्यानाकर्षण गराएको थियो । नेम्वाङले नेतृत्वको ध्यानाकर्षण गराउने वचन दिएका थिए ।

एमाले अध्यक्ष ओली भने प्रधानन्यायाधीश जबराको बहिर्गमन गराउने हो भने संसद विघटन बदर गरेर परमादेश दिने पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने तर्क गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...