मदन भण्डारीको नजरमा परेका पोखरेल महासचिव बन्दै
नेकपा एमालेको दशौं महाभिवेशन नजिकिदै गर्दा नेतृत्वमा को को भन्ने बहस तीव्र बनेको छ । पार्टी अध्यक्षमा केपी शर्मा ओली नै दोहोरिने पक्कापक्की छ । अध्यक्ष बाहेकका पदमा जोडघटाउसँगै लविङ चलिरहेको छ । अध्यक्षपछिको कार्यकारी र शक्तिशाली पद महासचिव कस्को काँधमा जान्छ भन्ने निकै चासोका साथ हेरिएको छ । नेकपा एमालेका एक केन्द्रीय सदस्यका अनुसार, अहिले अध्ययक्ष ओलीले आफ्नो उत्तराधिकारीका रुपमा महासचिव बनाउँदै अघि सार्ने संभावना आएपछि यो पदमा को पुग्छ भन्ने विषयलाई निकै महत्वका साथ हेरिएको छ । अहिले महासचिव बन्ने व्यक्ति नै एघारौ महाधिवेशनबाट अध्यक्ष बन्ने प्रवल संभावना छ । त्यसैले अध्यक्ष ओलीले आफ्नो उत्तराधिकारी छनौट कसरी गर्छन भन्ने विषय नै प्रमुख विषय हो ।
नेकपा एमालेमा नेता धेरै भएका कारण नेताहरुको व्यवस्थापनको चुनौति देखिन्छ । बरिष्ठ उपाध्यक्षमा महासचिव ईश्वर पोखरेलको संभावना धेरै देखिन्छ । बरिष्ठ उपाध्यक्षको आकांक्षी भीम रावलले अध्यक्ष ओलीमाथि दबाब बढाउन अध्यक्षमा उठ्ने घोषणा गरेका छन् भने संसदीय दलका उपनेता सुभाष नेम्बाङ र माओवादी केन्द्रबाट एकता प्रकृयासँगै आएका रामबहादुर थापा बादल पनि बरिष्ठ उपाध्यक्षमा चाहना राखेका छन् । तर, थपा उपाध्यक्ष बन्ने देखिन्छ । चार उपाध्यक्ष पद मध्ये थापा र अष्टलक्ष्मी शाक्य उपाध्यक्ष बन्ने विश्चित जस्तै छ । वर्तमान उपाध्यक्ष युवराज ज्ञवाली अनुशासन आयोगको अध्यक्ष र आयोगका वर्तमान अध्यक्ष अमृत बोहोरा सल्लाहाकार समितिको सभापति बन्ने चर्चा ब्याप्त छ ।
अहिले महासचिवमा उपमहासचिव विष्णु पौडेल,शंकर पोखरेल र सुरेन्द्र पाण्डेको चर्चा छ । यो चर्चासँगै पार्टीभित्र बैचारिक नेताका रुपमा पहिचान बनाएका पोखरेललाई महासचिव बनाउन दबाब र अभियान शुरु भएको छ । हालै नेपालगञ्जमा भेला भएका सुदुरपश्चि, कर्णाली र लम्विनी प्रदेशका तीन दर्जन जिल्लाका अध्यक्ष, दुई दर्जन केन्द्रीय सदस्य लगायतको टोलीले पार्टी अध्यक्ष ओलीसमक्ष पोखरेललाई महासचिव बनाउन सामुहिक अपिल गरेका थिए ।
यस विषयमा अध्यक्ष ओलीले सकारात्मक सन्देश दिएको सहभागी एक केन्द्रीय सदस्य खेममान खड्काले बताए । पार्टीलाई बैचारिक रुपमा शसक्त ढंगले अगाडी बढाउन र पार्टीभित्र युवाहरुको मनोविज्ञानलाई दृष्टिगत गरी पोखरेललाई महासचिव बनाउन अध्यक्ष ओलीमाथि दबाब परिरहेको छ । युवा केन्द्रीय सदस्य र अखिलका पूर्वनेताहरु पोखरेललाई महासचिव बनाउन अभियान नै शुरु गरेका छन् ।
पार्टीभित्र बिचार निर्माण गर्नेनेताका रुपमा स्थापित पोखरेल पार्टीलाई गणतन्त्रको मुद्धामा डोर्याउने नेता हुन । पोखरेलले नै तत्कालीन महासचिव माधव नेपाललाई कन्भिन्स गरेर पार्टीलाई गणतन्त्रको पथमा लैजाने मुख्य भूमिका खेलेका थिए । माओवादीबिरुद्ध बैचारिक अभियानका मुख्य अगुवा पनि पोखरेल नै हुन । त्यसो त पार्टीको पाँचौ महाधिवेशनको अपिलको ड्राफ्ट गर्न तत्कालिन महासचिव मदन भण्डारीले पोखरेललाई जिम्मा दिएका थिए । पोखरेलले तयार पारेका ड्राफ्टलाई महासचिव भण्डारीले अन्तिम रुप दिएका थिए । जननेता मदन भण्डारीको नजरमा परेका पोखरेलले रविन्द्र अधिकारी स्ववियू काउन्सिलको अध्यक्ष हुँदा मदनको निधनपछि काउन्सिलले गरेको बिचार गोष्ठीमा जनताको बहुदलीय जनवादलाई बिचारका रुपमा अघि बढाउने कार्यपत्र प्रस्तुत गरेका थिए ।
त्यसकार्यक्रममा युवराज ज्ञवालीलगायतका नेताहरुले भने त्यसलाई अस्वीकार गरेको प्रसँग त्यसबेलाका अखिलका नेताहरु सम्झन्छन् । त्यस्तै छैटौ महाधिवेशनमा प्रस्तुत गर्ने प्रतिवेदन तयार गर्न हात्तिवन रिसोर्टमा तत्कालिन महासचिव माधव नेपाल, नेताहरु केपी ओली, ईश्वर पोखरेल, बामदेव गौतम लगायतका नेताहरु तीनदिन बसेका थिए । त्यहाँ शंकर पोखरेलले जवजलाई सिद्धान्तका रुपमा पार्टीले स्थापित गर्ने प्रस्ताव राखेपनि नेपालले नै मानेनन् भने बामदेव गौतमसँग पोखरेललको ठाकठुक नै परेको प्रसँग पनि पार्टीभित्र बेलाबखत नेताहरुले उठाउने गर्छन् । त्यो महाधिवेशन शक्ति संचयको कार्यनीतिको दस्तावेज ओलीको निर्देशनमा पोखरेलको अगुवाईमा भएको थियो । पार्टीभित्र नेतृत्वकारी विचारको निर्माण गर्ने पोखरेल जवजो एक मुख्य ब्याख्याकारको रुपमा परिचित छन् । सातौ महाधिवेशनमा संविधानसभा, राज्यको पुर्नसंरचनासम्बन्धी मुद्धा उठाउने पोखरेल एक हुन ।
निरन्तर साथ दिदै अफ्ठेरोमा पर्दा पनि साथ दिनेमध्ये शंकर पोखरेल र प्रदीप ज्ञवालीहरु नै हुन । यी दुई ओलीका असल र जनाधार भएका सारथीका रुपमा चिनिन्छन् । धेरैजससो पार्टीका दस्तावेज पोखरेल र ज्ञवाली मिलेर लेख्दै आएका छन् । ओलीको पार्टीलाई लोकतान्त्रिकरण गर्ने एजेण्डालाई दस्तावेजीकरण पनि यी दुबैले गरेका थिए । आठौ महाधिवेशनमा नेतृत्वले सर्वसम्मतिले पास गरेको दस्तावेजको मूल कन्सेप्ट नै विमति जनाउँदै महाधिवेशनमा पोखरेल, ज्ञवाली र विष्णु रिमाल मिलेर फरक प्स्ताव पेश गरे । इतिहासमा बिरलै हुने यस्ता घटना भयो, उनीहरुले प्रस्तुत गरेको फरक प्रस्ताव नै महाधिवेशनले पारित गर्यो । त्यसो त नवौँ महाधिवेशनको मुख्य दस्तावेज पोखरेलको सहयोगमा ज्ञवालीले तयार पारे । त्यसमा एउटा च्याप्टर मात्र झलनाथ खनालले तयार पारे तर, जस दिईयो घनश्याम भुसाललाई । भुसालले आफ्नो मार्केटिङ गर्दै पगरी गुथे । नवौँ महाधिवेशनपछिका दस्तावेज त प्रायः पोखरेल र ज्ञवालीले नै लेख्दै आएका छन् ।
बिचारका मामलामा मात्र होईन संगठनमा पनि पोखरेलको बलियो पकड छ । पार्टीलाई संकट पर्दा पहिलो खोजिने नेता हुन पोखरेल । पार्टीको भरपर्दो जनसंगठन अखिल पोखरेलले नेतृत्व गर्दा निकै शसक्त र प्रभावकारी थियो । प्रवास कमिटिीको काम व्यवस्थित पनि पोखरेलले नेतृत्व गर्दा थियो । पार्टीको कोर टिममा र जिल्लादेखि केन्द्रसम्म र संसदमा अहिले पोखरेलले नृतृत्व गरेका बखतका अखिलका नेताहरुको बर्चश्व देखिन्छ । पार्टी पुर्नगठन, व्यवस्थित र एउटै लयमा हिडाउने दृष्टान्त उनले लुम्बिनी प्रदेशबाट दिएका छन् ।
त्यसको त पार्टी स्कूल विभागको प्रमुख उनलाई नदिन प्रपञ्च भयो । त्यसपछि अध्यक्ष ओली प्रमुख र पोखरेल उपप्रमुख भए । उनी उपप्रमुख भएपनि प्रमुखकै रुपमा काम गरे । त्यसबेला पार्टी स्कूल व्यवस्थित, प्रभावकारी रसकृय बनेको सबै स्वीकार्छन । आर्थिक सामाजिक रुपान्तरण सम्बन्धी कार्यक्रम,समृद्धि सम्बन्धी सरकारका नीति तथा कार्यक्रम,विकास सम्बन्धी मोडलमा पर्दाभित्र रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्दै पोखरेल आएका छन् । तर उनले यसको जस लिन मार्केटिङ भने गरेनन् । विचार निर्माण गर्ने, आर्थिक सामाजिक रुपान्तरणका एक हस्ती,पार्टी संगठक पोखरेललाई महासचिव बनाउन पार्टीभित्र धेरैको चाहना देखिन्छ । पार्टीभित्र उज्यालो छवी भएका कुनै विादमा नपरेका पोखरेल महासचिव बन्दा पार्टी अझ शसक्त हुने धेरै कार्यकर्ताका चाहना बुझिन्छ ।