गठबन्धनभित्र बिवाद, यस्ता छन नयाँ लफडा



हाम्रो इकोनोमि

 

 

सत्ता गठबन्धनभित्र एमसीसीबारे तीनवटा धार देखिएको छ । अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी हुबहु पास गर्नुहुने पक्षमा एउटा धार छ । अर्को धार संशोधनविना पास गर्न नहुने पक्षमा छ । तेस्रो पक्ष एमसीसीको नाम नै सुन्न चाहँदैन । कुनै हालतमा एमसीसी पास गर्न नहुने पक्षमा छ ।

नेपाली काँग्रेस र जनता समाजवादी पार्टी एमसीसी पास गर्नुपर्ने पक्षमा छन् । काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पारित गर्न आतुर छन् । उनले एमसीसी पास गर्न आफू र प्रचण्डले पत्र लेखेको खुलासा समेत गरेका छन् । जसपाका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसीबारे भ्रम फैलाइएको बताए । उनले देश विकास नचाहनेले भ्रम फैलाएर सहयोग लिन नहुने जस्तो बनाउन खोजेको आरोप लगाए । आज गृहजिल्ला गोरखामा पुगेर भट्टराईले एमसीसीको पक्षमा खुलेर बोलेका छन् ।

एमसीसीप्रति सत्ता गठबन्धनका माओवादी र नेकपा एस फरक धारणा राखिरहेका छन् । माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल संशोधनविना एमसीसी पारित गर्न नहुने पक्षमा छन् । प्रचण्डले अमेरिकालाई एमसीसी पारित गर्न पत्र लेखेको देउवाको अभिव्यक्तिको खण्डन गरिसकेका छन् । नेकपा एसले झलनाथ खनालले विगतमा नेकपा हुँदा नै दिएको सुझाव अनुसार संशोधनविना एमसीसी पारित गर्न नहुने अडान राखेको छ ।

गठबन्धनभित्रको जनमोर्चा नेपालले एमसीसी कुनै हालतमा पारित गर्न नहुने भन्दै आएको छ । एमसीसी पारित गर्न खोजे गठबन्धन छाड्ने जनमोर्चाको चेतावनी छ । माओवादीभित्र पनि एमसीसी कुनै हालतमा पारित गर्न नहुने एउटा धार छ । देव गुरुङलगायतका नेताहरु एमसीसीप्रति कठोर धारणा राख्छन् । सत्ता गठबन्धनभित्रै एमसीसीबारे तीन धार छ । यसकारण गठबन्धनले चाहेर मात्र एमसीसी पारित हुने सम्भावना कमजोर छ । एमसीसी पारित गर्न खोजे माओवादी र नेकपा एसभित्र विद्रोह हुने सम्भावना देखिन्छ । त्यसकारण प्रचण्ड र माधव नेपाल अगाडि बढ्न खोजिरहेका छैनन् ।

नेकपा एमाले विगतमा एमसीसीको पक्षमा भएपनि फरक राजनीतिक परिस्थिति भन्दै खुलेको छैन । एमालेले एमसीसीबारे सत्ता गठबन्धनको संयुक्त धारणा आएपछि मात्र बोल्ने रणनीति लिएको छ । एमसीसी पारित गर्न राष्ट्रिय सहमति बनाउने विषय पनि उठेको छ । तर, त्यो सम्भावना कमजोर छ । एमसीसीलाई राजनीतिक अस्त्र बनाएर शिर्ष नेताहरु शक्ति सञ्चयमा लागेका छन् । यसकारण पनि एमसीसीको हलो अड्किएको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपा बागमतीका उपसभापतिले पनि छाडे पार्टी

  राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले पार्टी छाडेका छन् ।...

गुल्मी-२ मा गोकर्ण विष्टको भाषणभन्दा संवादमा जोड

    नेकपा एमालेबाट गुल्मी जिल्ला क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका...

भक्तपुर क्षेत्र नं.२ नेकपा (संयुक्त) का उम्मेदवार लोककृष्ण दाहाल नै एमालेमा प्रवेश

  फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ मा नेकपा...

महेश बस्नेतलाई भेटन साँझसम्म कुरिरहे बालकोट खल्पिटारका जेष्ठ नागरिक

  साँझ ढल्किसकेको थियो । घरघर र सडकमा बत्तिको उज्यालो देखिन थालेको थियो...