पीडित किसानहरुलाई राहत दिनुपर्ने पुर्वमन्त्री पुर्वमन्त्री साहको माग



 

 

बेमौसमी बर्षा तथा हावाहुरीका कारण देशैभरका किशानहरुका बालीनाली क्षति भएको भन्दै पीडित किसानहरुका परिवारलाई राहत तथा क्षतिपुर्ति उपलब्ध गराउन सरकारसंग पुर्वमन्त्री प्रभु साहले माग गरेका छन् ।  साहले सामाजिक सञ्जाल फेसबुकमा पीडित ति किसानहरुलाई क्षतिपुति तथा राहत दिनुपर्ने माग सरकारसंग गरेका छन् ।
‘पछिल्लो केही दिनदेखि जारी अविरल वर्षा तथा हावाहुरीका कारण देशका बिभिन्न जिल्लाहरुमा भित्रयाउनका लागि काटी राखेको धान बाली नष्ट भएको छ । ऋण लिएर खेतीपाती गर्ने किसानको एक मात्र आय स्रोतको रुपमा रहेको धान वाली नष्ट हुँदा किसान मर्कामा परेको छ । सरकारको यसतर्फ ध्यानाकर्षण गराउदै मर्कामा परेका किसानलाई तत्काल राहतस्वरूप क्षतिपूर्ति उपलब्ध गराउन जोडदार माग गर्दछु’ साहले लेखेका छन् ।
कृषि प्रधान देशका अधिकतम नागरिक खेतीपाती गर्ने भएको र उनीहरुको आम्दानिको मुख्य श्रोतको रुपमा रहेको धानवाली नै नष्ट हुँदा किसानहरु समस्यामा परेकोले सरकारले तत्कालै क्षतिपुर्ति उपलब्ध गराउनुपर्ने माग गरिएको छ ।
महिनौंको मिहिनेत पश्चात घर भित्रयाउँन किसानले खेतमै काटेर राखेका धानवाली अकष्मातको बर्षा तथा हावाहुरीका कारण क्षति पुगेको छ ।
विजयादशमी पश्चात खेतमा काटेर राखिएको धान घरमा भित्रयाउँने बेलामा अकष्मातको बर्षा तथा हावाहुरीले क्षतिपुगेपछि किसानहरु चिन्तित बनेका छन् । प्राकृतिक प्रक्षेपण बिपरित भएको अकष्मात वर्षा र त्यसपछिको बाढिले किशानहरुका धानबाली कतिपय ठाउँमा बगेर सखाप समेत भएका छन् ।
पछिल्लो केही दिनदेखि जारी अविरल बेमौसमि वर्षा तथा हावाहुरीका कारण विशेषगरी तराई मधेसका जिल्लाहरुका किशानहरुले भित्राउनै लागेका धानबाली नष्ट भएका हुन् । अकष्मात आएको क्षणिक बाढिले आजभोलिमै घर भित्राउने र बिक्रि गर्ने उद्देश्यले राखिएको धानवाली नष्ट भएपछि किशानहरुको उठिबास हुने भएको छ ।
बिउबिजन, मलखाद, सिँचाई, को अभाव भएतापनि जसोतसो ऋणको जोहो गरेर लगाईएको बालि, काटेर भित्राउनै लाग्ने बेलामा क्षति भएपछि किशानहरु समस्यामा परेको पर्साका किसान लालजीत साहले बताए

प्रतिक्रिया दिनुहोस
कांग्रेस सांसद बजगाईंले मागे माफी

    नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले आफूले दिएको अभिव्यक्तिप्रति माफी मागेका छन्

माओवादी आन्दोलन आवश्यक नै थिएन : प्रदीप ज्ञवाली

     नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले माओवादीको १० वर्षे आन्दोलनले देशलाई पछि

विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब पुग्यो

     मुलुकसँग विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ

मुलकबाट बाहिरिनेभन्दा भित्रिने रकम एक खर्ब ८४ अर्बले धेरै

  चालु आर्थिक वर्ष २०८१–८२ को तीन महिना (साउनदेखि असोज)सम्म  मुलकबाट बाहिरिनेभन्दा भित्रिने