४६ करोड ठगी आरोपमा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पक्राउ



हाम्रो इकोनोमि

 

 

४६ करोड ठगी आरोपमा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले तामाङ सहित १२ जनालाई पक्राउ गरेको हो । सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभमा सर्वसाधारणले बचत गरेको पैसा हिनामिना गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको व्यूरोका प्रमुख, प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) धिरजप्रताप सिंहले  जानकारी दिए ।

तामाङले पैसा हिनाबिना गरेको भनेर ७० जना निक्षेपकर्ताले ठगी गरेको उजुरी दिएका थिए । पहिले देखि नै ठगीको निवेदन आएको र अझै आउने क्रम जारी रहेकाले उजुरीकर्ता बढ्ने छ । सोल्टीमोडमा रहेको सिभिल सहकारी संस्थाको संस्थापक अध्यक्ष रहेको बेला तामाङले निक्षेपकर्ताको रकम आफ्नै रियलस्टेट कम्पनीमा लगानी गरेर सहकारीको पैसा हिनामिना गरेको भनेर पीडितले उजुरी हालेका छन् ।

तामाङ सिभिल सहकारी र रियलस्टेट कम्पनी ‘सिभिल होम्स’ संस्थापक हुन् । एउटा व्यक्ति २ वटा कम्पनीमा अवद्ध भएर एउटा कम्पनीको मालिक र अर्को कम्पनीको ऋणी बनेर सहकारीको रकम घोटाला गरेको भनेर उजुरी परेको छ । आर्थिक वर्ष २०७४÷७५ को लेखापरीक्षण प्रतिवेदनअनुसार आठ अर्ब १३ करोड रूपैयाँ कर्जा प्रवाह भएकोमा सिभिल ग्रुपका संस्थापक तामाङको रियल स्टेट व्यवसायमा सबै रकम लगानी गरिएका थिए । आफैं सञ्चालक भएको सहकारीको निक्षेप रकम निजी कम्पनीमा लगाएर आर्थिक अपराध गरेको भनेर समेत उजुरी परेको छ ।

कुल पुँजीको १० प्रतिशतभन्दा धेरै कर्जा एकै व्यक्तिलाई दिन नमिल्ने सहकारी ऐनको प्रावधानविपरीत तामाङले मनमर्जी तरिकारले आफ्नो व्यवसायमा लगानी गरेका थिए । आर्थिक वर्ष २०७४/७५ को लेखा परीक्षण प्रतिवेदनअनुसार संस्थाले ८ अर्ब १३ करोड ६७ लाख रूपैयाँ कर्जामध्ये सिभिल होम्स प्रालिलगायतका आफ्नै ग्रुपका कम्पनीलाई ७ अर्ब ४३ करोड लगानी गरेको थियो । तामाङ सहकारी अध्यक्ष, रियलस्टेट व्यवसायी र सिभिल बैंकका अध्यक्षसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...