४६ करोड ठगी आरोपमा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पक्राउ



हाम्रो इकोनोमि

 

 

४६ करोड ठगी आरोपमा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले तामाङ सहित १२ जनालाई पक्राउ गरेको हो । सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभमा सर्वसाधारणले बचत गरेको पैसा हिनामिना गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको व्यूरोका प्रमुख, प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) धिरजप्रताप सिंहले  जानकारी दिए ।

तामाङले पैसा हिनाबिना गरेको भनेर ७० जना निक्षेपकर्ताले ठगी गरेको उजुरी दिएका थिए । पहिले देखि नै ठगीको निवेदन आएको र अझै आउने क्रम जारी रहेकाले उजुरीकर्ता बढ्ने छ । सोल्टीमोडमा रहेको सिभिल सहकारी संस्थाको संस्थापक अध्यक्ष रहेको बेला तामाङले निक्षेपकर्ताको रकम आफ्नै रियलस्टेट कम्पनीमा लगानी गरेर सहकारीको पैसा हिनामिना गरेको भनेर पीडितले उजुरी हालेका छन् ।

तामाङ सिभिल सहकारी र रियलस्टेट कम्पनी ‘सिभिल होम्स’ संस्थापक हुन् । एउटा व्यक्ति २ वटा कम्पनीमा अवद्ध भएर एउटा कम्पनीको मालिक र अर्को कम्पनीको ऋणी बनेर सहकारीको रकम घोटाला गरेको भनेर उजुरी परेको छ । आर्थिक वर्ष २०७४÷७५ को लेखापरीक्षण प्रतिवेदनअनुसार आठ अर्ब १३ करोड रूपैयाँ कर्जा प्रवाह भएकोमा सिभिल ग्रुपका संस्थापक तामाङको रियल स्टेट व्यवसायमा सबै रकम लगानी गरिएका थिए । आफैं सञ्चालक भएको सहकारीको निक्षेप रकम निजी कम्पनीमा लगाएर आर्थिक अपराध गरेको भनेर समेत उजुरी परेको छ ।

कुल पुँजीको १० प्रतिशतभन्दा धेरै कर्जा एकै व्यक्तिलाई दिन नमिल्ने सहकारी ऐनको प्रावधानविपरीत तामाङले मनमर्जी तरिकारले आफ्नो व्यवसायमा लगानी गरेका थिए । आर्थिक वर्ष २०७४/७५ को लेखा परीक्षण प्रतिवेदनअनुसार संस्थाले ८ अर्ब १३ करोड ६७ लाख रूपैयाँ कर्जामध्ये सिभिल होम्स प्रालिलगायतका आफ्नै ग्रुपका कम्पनीलाई ७ अर्ब ४३ करोड लगानी गरेको थियो । तामाङ सहकारी अध्यक्ष, रियलस्टेट व्यवसायी र सिभिल बैंकका अध्यक्षसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...