कुमारी बैंक र यती एअरलाइन्सबीच व्यवसायिक सहकार्य



हाम्रो इकोनोमि

 

 

कुमारी बैंक लिमिटेड र यती एअरलाइन्स प्रालिबीच ‘स्वाइप एण्ड फ्लाई अभियान’ अन्तर्गत व्यवसायिक सहकार्य गरिएको छ । नेपालको निजी बैंकमा भिन्न पहिचान बनाएको कुमारी बैंक र निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी यती एअरलाइन्सबीच व्यवसायिक साझेदारी गर्दै संयुक्त रुपमा नेपालमै पहिलोपटक ‘स्वाइप एण्ड फ्लाई अभियान’को सुरुवात गरेका हुन् । यती एअरलाइन्सको स्काई क्लब कार्ड र कुमारी बैंकको भिजा डेविट कार्ड (एटिएम कार्ड)लाई एकीकृत गरेर कुमारी स्काई क्लब ‘को–ब्राण्ड’ कार्ड जारी गरिएको हो ।

व्यवसायिक साझेदारी कार्यक्रममा बोल्दै बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले कुमारी स्काई क्लव कार्डका वाहकले अब हरेक खरिदमा यो कार्डबाट भुक्तानी गर्दा हवाई यात्रा नगर्दा पनि हवाई यात्रा गरे सरह नै निश्चित अङ्क प्राप्त गरिने भएकोले हवाई यात्रा गर्न कुमारी बैंकका ग्राहकहरु समेत प्रोत्साहित हुने बताउनुभयो । हवाई र वित्तीय क्षेत्रबीच यस किसिमको व्यवसायिक सहकार्य भिन्न शैलीमा नेपालमा पहिलोपटक भएको हो । कार्यक्रममा यती एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनोज रिमालले कुमारी बैंक र यती एअरलाइन्सबीचको साझेदारीले बैंक र एअरलाइन्सका ग्राहकले जुनसुकै समयमा यो सुविधा प्राप्त गर्न सक्ने बताउनुभयो । यस किसिमको सहकार्य दुबै पक्षका लागि नवीन र महत्वपूर्ण भएको रिमालको भनाई छ । ‘स्वाईप एण्ड फ्लाई अभियान’ले बैंकका ग्राहकले कुमारी स्काई क्लब कार्डबाट खर्च मात्र नभई खर्च गरे बापत प्वाइन्ट्स पनि कमाउने छन् अनि सो प्वाइन्ट्सबाट ग्राहकले यती एअरलाइन्सको निःशुल्क टिकट प्राप्त गर्न सक्नेछन् । उक्त अभियानले दुईवटा कार्ड बोकिरहन नपर्ने र एउटै कार्डले दुईवटा काम गर्ने यती एअरलाइन्सले जनाएको छ ।

एअरलाइन्सका व्यापार प्रमुख युवराज विष्टले बैंक र एअरलाइन्सको साझेदार ग्राहकले जुनसकै स्थानमा कार्डबाट भुक्तानी गर्दा प्वाइन्ट्स जम्मा हुने बताउनुभयो । निश्चित माइलेज प्वाइन्ट्स जम्मा भइसकेपछि साझेदार ग्राहकहरुले सजिलै उपभोग गर्न सक्ने र आवश्यकतानुसार यती एअरलाइन्सले उडान भर्ने नेपालको जुनसुकै गन्तव्यमा निःशुल्क यात्रा गर्न पाउने व्यवस्था मिलाइएको उहाँको भनाई छ । कुमारी बैंकको डेविट कार्डबाट हरेक रु. १०० भुक्तानी गर्दा १ प्वाइन्ट जम्मा हुनेछ । सेवाग्राहीको सुविधाका लागि विभिन्न साझेदारी संस्थासँग सहकार्य गर्दै आकर्षक सहुलियत कार्यक्रम गर्दै आएको कुमारी बैंक र यती एअरलाइन्सले भविष्यमा पनि आफ्ना सेवाग्राहीहरुलाई प्रत्यक्ष लाभ हुने कार्यक्रमहरु थप गर्दै लगिने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...