देउवाको कार्यकर्ता भर्तिकेन्द्र बन्दै भूमि आयोग, भुमिहिनले जग्गा नपाउने पक्का



हाम्रो इकोनोमि

 

 

ओली सरकारले गठन गरेको भूमि आयोगलाई विघटन गर्दै देउवा सरकारले नयाँ आयोग बनाएको छ । भइराखेको आयोग भत्काएर नयाँ बनाउनुको उद्देश्य आफ्ना कार्यकर्ता भर्ति गर्नेभन्दा अर्को देखिँदैन । तत्कालीन ओली सरकारले आयोग गठन गरी २ सय ४२ जनालाई भर्ति गरेको थियो । देउवा सरकारले उक्त भंग गरी नयाँ आयोग बनाएर सबै नयाँ भर्ती गर्ने तयारी गरेको हो । अघिल्लो सरकारको गठन आदेशको फोटोकपी ल्याएर आफ्ना २ सय ३९ जना कार्यकर्ता भर्ती गर्न लागिएको छ ।

गठबन्धन सरकारले राष्ट्रिय भूमि आयोगको नेतृत्व नै राजनीतिक भागभण्डाका आधारमा निर्माण गरेको थियो । अध्यक्षा नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघका पूर्वअध्यक्ष केशव निरौला र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल किसान संघको सचिव नहेन्द्र खड्कालाई नियुक्त गरिएको छ ।

ओली सरकारले एक अध्यक्ष र बाँकी सदस्य रहने व्यवस्था गरे पनि वर्तमान सरकारले भने उपाध्यक्षसमेत थप गरेको छ । यस्तै ओली सरकारले अध्यक्ष र ४ जना सदस्य गरी ५ जना मात्र नियुक्त गरी बाँकी ७ जना प्रदेश सरकारले मनोनयन गरेका एक/एक सदस्य नियुक्त गर्ने व्यवस्था गरेको थियो । देउवा सरकारले भने प्रदेश सरकारलाई यसमा भूमिका दिएको छैन । तर आयोगमा एक जना दलित र एक जना महिलाको सहभागिता भने गठन आदेशमार्फत अनिवार्य गराएको छ ।

जिल्ला समिति पहिलेभन्दा धेरै फरक छैन । ओली सरकारले जिल्लामा १ अध्यक्ष र ३ सदस्य नियुक्त गरेकोमा देउवा सरकारले पनि यसैलाई निरन्तरता दिएको छ । एक जना सदस्यमा भने महिला अनिवार्य गरेको छ । यस्तै ओली सरकारले सदस्य सचिव जिल्ला समन्वय अधिकारीलाई राखेकोमा देउवा सरकारले भने जिल्ला सदरमुकामस्थित नापी कार्यालका प्रमुखलाई सदस्य सचिव राख्ने व्यवस्था गरेको छ ।

भूमि आयोगको विज्ञ सदस्य र जिल्ला समितिको विज्ञ सदस्यको योग्यतालाई भने देउवा सरकारले बलियो बनाएको छ । ओली सरकारले आयोगको विज्ञ सदस्यमा नियुक्त हुनका लागि स्नातक उपाधी प्राप्त गरी भूमि व्यवस्थापन वा कृषि क्षेत्रमा कम्तिमा ५ वर्षको अनुभव तोकेको थियो । देउवा सरकारले भने स्नातक तह उत्तीर्ण सँगै भूमि व्यवस्थापन, कानून वा जग्गा नापजाँचको क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव मागेको छ ।

जिल्ला समितिको विज्ञ सदस्यका लागि पनि ओली सरकारले स्नातक उपाधि प्राप्त गरी भूमि व्यवस्थापन वा कृषिको क्षेत्रमा कम्तीमा ३ वर्षको अनुभव तोकेको थियो । देउवा सरकारले भने भूमि, व्यवस्थापन, कानून वा जग्गानाप जाँचको क्षेत्रमा कम्तीमा ५ वर्षको अनुभव भएको हुनुपर्ने उल्लेख गरेको छ ।

आयोगका अध्यक्ष र सदस्यलाई दिइने सेवा–सुविधामा भने ओली सरकार र देउवा सरकारले गठन गरेका आयोगमा कुनै फरक छैन । थप गरिएको उपाध्यक्षलाई सहायकमन्त्री सरहको सुविधा दिने व्यवस्था गरिएको छ । आयोगको कार्यावधि पनि उस्तै छ । आयोगको कार्यावधि २ वर्ष रहने यस अवधिमा काम सम्पन्न नभएमा २ वर्ष थप गर्न सक्ने व्यवस्था गरिएको छ ।

कर्मचारी दरबन्दी ओली सरकारको भन्दा देउवा सरकारले बढी सृजना गरेको छ । ओली सरकारले ४३ जनाको दरबन्दी सृजना गरेकोमा देउवा सरकारले ३ जना बढाएर ४५ पुर्याएको हो । ओली सरकारले ७ जना उपसचिवको दरबन्दी सिर्जना गरेकोमा एक जना घटनाएर ६ जना कायम गरिएको छ । शाखा अधिकृत, नायव शुब्बा र खरिदारको दरबन्दी भने थपघट छैन ।

यस्तो छ चाँजोपाँजो

पालभरका भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीको जग्गा व्यवस्थापन गर्नका लागि आयोग गठन गरेको हो । आयोगको सदस्यमा नेपाल सरकारले नियुक्त गरेको कम्तीमा ३ जना विज्ञ, भूमि व्यवस्थापन, कानून र जग्गा नापजाँच क्षेत्रसँग सम्बन्धित एक जनासमेत ६ जना रहनेछन् । यस्तै भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले तोकेको राजपत्रांकित प्रथम श्रेणी अर्थात नेपाल सरकारको सहसचिवलाई सदस्य सचिव तोकिएको छ ।

सदस्य नियुक्त गर्दा कम्तीमा एक जना दलित र एकजना महिला भने अनिवार्य हुनुपर्ने व्यवस्था गठन आदेशमा गरिएको छ । आयोग विघटन नभएसम्म आयोगको अध्यक्ष, उपाध्यक्ष तथा सदस्य पदमा बहाल हुनेछन् । तर तोकिएको काम इमान्दारितापूर्वक गर्न नसकेमा वा कुनै समस्या आइपरेमा भने सरकारले विचैमा हटाउन सक्नेछ ।

आयोगका काम, कारबाहीलाई सहयोग, समन्वय र सहजीकरण गर्न आवश्यकता र औचित्यको आधारमा जिल्लास्तरमा जिल्ला समिति गठन हुनेछ । जसमा अध्यक्ष र एक जना विज्ञसहित ३ जना सरकारले नियुक्त गर्नेछ । सदस्यमा भने एक जना महिला अनिवार्य गरिएको छ ।

जिल्ला समितिको अध्यक्ष र सरकारले नियुक्त गरेको सदस्यको पदावधि जिल्ला समितिको विघटन नभएसम्म कायम हुनेछ । समितिको पदेन सदस्यमा जिल्ला समन्वय अधिकारी, जिल्ला भूमिसुधार तथा मालपोत कार्यालय प्रमुख, सम्बन्धित डिभिजन वन कार्यालय अधिकृत रहनेछन् भने जिल्ला सदरमुकामस्थित नापी कार्यालका प्रमुख भने सदस्य सचिव रहने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपा बागमतीका उपसभापतिले पनि छाडे पार्टी

  राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले पार्टी छाडेका छन् ।...

गुल्मी-२ मा गोकर्ण विष्टको भाषणभन्दा संवादमा जोड

    नेकपा एमालेबाट गुल्मी जिल्ला क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका...

भक्तपुर क्षेत्र नं.२ नेकपा (संयुक्त) का उम्मेदवार लोककृष्ण दाहाल नै एमालेमा प्रवेश

  फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ मा नेकपा...

महेश बस्नेतलाई भेटन साँझसम्म कुरिरहे बालकोट खल्पिटारका जेष्ठ नागरिक

  साँझ ढल्किसकेको थियो । घरघर र सडकमा बत्तिको उज्यालो देखिन थालेको थियो...