शैक्षिक परामर्श व्यवसायीहरुको नयाँ संगठन, उपत्यका बिषेश कमिटी गठन



हाम्रो इकोनोमि

 

 

शैक्षिक परामर्श व्यवसायीहरुले व्यवसायीक हित प्रवद्र्धनका लगि नयाँ संगठन निर्माण गरेका छन् । राजनीतिक दल नेकपा एमाले निकट रहेर प्रगतिशिल शैक्षिक परामर्श व्यवसायी संघ पिक्यान गठन गरिएको हो । शैक्षिक परामर्श व्यवसायीहरुलाई गोलबद्ध गर्ने उदेश्य राखेर गठन गरिएको पिक्यानको राष्ट्रिय अधिवेशनको लागि ५१ सदस्यीय आयोजक कमिटी बनेको छ । जसमा संयोजक बिष्णु पोखरेल र सहसंयोजक राजन श्रेष्ठ रहेका छन् । पिक्यान गठनका लागि प्रारम्भिक रुपमा पोखरेल र श्रेष्ठसहित बुद्धिप्रसाद रेग्मी, वासु नेपाल, सुदन चौहान, बिकल्प पोखरेल र आरसी ओलीको विषेश भूमिका रहेको छ । पिक्यानलाई प्रभावकारी रुपमा व्यवसायीहरु माझ पुर्याउन उपत्यका बिषेश कमिटी गठन गरिएको छ । उपत्यका कमिटी, प्रदेश कमिटी हुँदै पिक्यानको राष्ट्रिय कमिटी बन्नेछ । पिक्यानले उपत्यका बिषेश कमिटीको कार्य समिति चयन गर्दै सातै प्रदेशमा संयोजक र सहसंयोजक तोकेको छ ।

व्यवसायीको हकहित प्रवद्र्धन र क्षमताको बिकास गराउने उदेश्यका साथ पिक्यान निर्माण गरिएको संयोजक पोखरेलले जानकारी दिए । पिक्यानको आफ्नो अलग्गै पहिचान र अस्तित्व हुने भन्दै पोखरेलले कोही कसैसँग प्रतिश्पर्धा नहुने बताए । उनले भने– ‘हामी कसैसँग प्रतिश्पर्धी गर्न आएका होइनौं, प्रगतिशिल शैक्षिक परामर्श व्यवसायी संघ ९पिक्यान०लाई नेकपा एमाले पार्टीको सशक्त जनबर्गिय संगठनको भूमिकामा स्थापित गराउने गरि कार्यक्रमहरु संचालन हुनेछन् । राजनीतिक दल निकट भएपनि समग्र शैक्षिक परामर्श व्यवसायीहरुको प्रतिनिधित्व गर्ने साझा प्लाटफर्मको रुपमा पिक्यान स्थापना भएको हो । त्यसै अनुरुप उपत्यका बिषेश कमिटीसमेत गठन गरिसकेका छौं ।’ उपत्यका कमिटी स्थापना भइसकेको बताउँदै संयोजक पोखरेलले सातै प्रदेशमा कमिटीहरु निर्माण गर्दै २ महिना भित्र सम्पूर्ण तयारी पुरा गरि राष्ट्रिय अधिबेशन गर्ने बताए ।

पिक्यानले राजधानीमा एक भव्य कार्यक्रम गरी दया थापाको अध्यक्षतामा ३७ सदस्यीय उपत्यका बिषेश कमिटी गठन गरेको छ । चैतन्य खरेल, दिपक खनाल, सुशीला भण्डारी, बलराम आचार्य, क्षितिज विष्ट उपाध्यक्ष भएका छन् भने सचिवमा कृष्ण राज भट्टराई चुनिएका छन् । त्यस्तै दिपक बास्तोला, गङ्गाराम बस्नेत, निराजन सिवाकोटी र रविन तिमल्सिनालाई सहसचिवको जिम्मेवारी दिइएको छ । कोषाध्यक्षमा राम थापा चयन भएका छन् ।

नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिंदै प्रमुख अतिथी रहेका ज्ञावलीले नेपालमा विविध कारणले विश्वस्तरिय र गौरव गर्न लायक शैक्षिक वातावरण बनि नसकेको अबसथामा व्यवसायीको भूमिका प्रशंसनीय भएको बताए । उनले नेपालमै गुणस्तरीय शिक्षाको अवसर सिर्जना गर्नुपर्नेमा जोड दिंदै सधैँ यो व्यवसाय वृद्धि हुनुमा नै गौरव गर्न नसकिने बताए । ज्ञवालीले भने– “मैले व्यवसायीका विविध समस्यालाई नजिकबाट नियालिरहेको छु, यसका साथै विद्यार्थीका समस्यालाई पनि बुझिरहेको छु, त्यसैले व्यवसायीले झेलिरहेका नीतिगत समस्यालाई समाधान गर्न पहल गर्ने मेरो र पार्टीको प्रयास रहनेछ ।” एकजना व्यवसायीले सिमित नाफाका लागि विद्यार्थीमाथि खेलबाड गर्दा देशको भविष्य मथिनै खेलबाड हुने हुँदा सचेत भएर काम गर्न उनले सुझाव दिए ।

त्यस्तै कार्यक्रमका विशेष अतिथि सांसद एल। पि। साँवा लिम्बूले नयाँ कार्यसमितिलाई शपथ ग्रहण गराउँदै व्यवसायीले सिर्जनात्मक क्षमता विस्तार गरी विद्यार्थीलाई वास्तविक चित्र देखाएर गुणस्तरीय सेवा दिन आग्रह गरे । पिक्यानका संस्थापक एवं फेकनका अध्यक्ष बासु नेपालले परामर्श व्यवसायी संघलाई कसले मोनिटरिङ गर्छ भन्ने टुङ्गो नहुँदा संविधान जारी भएपछि पनि समस्या जस्ताको तस्तै रहेको भन्दै यसलाई गम्भिरतापूर्वक लिन नेपाल सरकार र पार्टी प्रवक्ता ज्ञवालीको ध्यानाकर्षण गराए ।

पिक्यानका संस्थापक मध्येका एक सुदन चौहानले पार्टीको नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ अन्तर्गत स्थापित पिक्यानले व्यवसायीक हित प्रवद्र्धनका लागि सदस्यता विस्तार गर्दै लैजाने र व्यवसायीहरूको सक्रिय सहभागितालाई जोड दिएको बताए । उनले शैक्षिक परामर्श क्षेत्रको नीतिगत सुधारमा आइपर्ने समस्यालाई पार्टी हुँदै सरकारसम्म पुर्याउन पिक्यानले सशक्त भुमिका निर्वाह गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...