म होइन, सरकार असक्षम छ : लोकबहादुर भण्डारी



हाम्रो इकोनोमि

 

 

नेपाल स्काउटका निवर्तमान संयोजक लोकबहादुर भण्डारीले आफू नभई सरकार असक्षम भएको बताएका छन् । जिम्मेवारी पूरा नगरेको भन्दै सरकारले ८ असोजमा भण्डारी नेतृत्वको राष्ट्रिय तदर्थ समिति खारेज गरेको थियो । सोमबार सरकारको पत्र बुझेपछि निवर्तमान संयोजक भण्डारीले कानूनी सल्लाह गरेर अघि बढ्ने बताए ।

आफ्नो नेतृत्वको तदर्थ समितिले जिम्मेवारी पूरा गर्न नसकेको सरकारको दाबी उनले अस्वीकार गरे । ‘मैले होइन, सरकारले जिम्मेवारी पूरा गरेन,’ भण्डारीले भने, ‘सरकारले हामीलाई ऐन दिनुपर्थ्यो, त्यसको ६ महिनाभित्र हामीले निर्वाचन गर्नुपर्थ्यो । तर सरकार असक्षम छ, किनकि सरकारले ऐन दिन सकेन ।’ स्काउटको ऐन अहिले मन्त्रिपरिषद्को विधायन समितिमा अड्किरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...