कुल आचार्यद्वारा एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा



हाम्रो इकोनोमि

 

 

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न दशौँ महाधिवेशनका लागि कुल आचार्यले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौँमा एक कार्यक्रमका बीच आचार्यले उम्मेदवारी घोषणा गरेका हुन् । ​आचार्यले एनआरएनएलाई पद्धति सम्मत, संस्थागत र पारदर्शी रूपमा अघि बढाएर प्रतिष्ठित बनाउनका लागि उम्मेदवारी घोषणा गरेको बताएका छन् ।

‘पद्धति र पारदर्शिता, समावेशी एनआरएनए हाम्रो प्राथमिकता हो । अहिले नेतृत्वमा रहेका केही साथीहरूले व्यक्तिगत रूपमा संस्था चलाउन खोज्दा आर्थिक अनियमितता भएका समाचारहरू आएका छन् र संस्थाको छवि बिग्रिएको छ । आफ्नो कार्यकालमा म व्यक्तिगत स्वार्थ हावी हुन दिने छैन र संस्थाको छवि सुधार्नेछु,’ उनले भने ।

आचार्यले आफु विजयी भएमा एनआरएनएको सदस्य संख्या बढाएर ५ लाख पुर्याउने, वैदेशिक रोजगारीका क्रममा नेपालीले भोगेका समस्या समाधान गर्ने, विदेशको जेलमा रहेका नेपालीलाई स्वदेश फर्काउन संस्थागत पहल गर्ने, सातवटै प्रदेशमा सीपमुलक केन्द्र स्थापना गर्दै स्वरोजगारको वातावरण बनाउने लगायतका घोषणा गरेका छन् ।

पर्वतमा जन्मिएका आचार्य लण्डन बसेर व्यवसाय गर्छन् । उनी नवौं महाधिवेशनमा अध्यक्ष पदमा कुमार पन्तसँग पराजित भएका थिए । दशौं महाधिवेशनमा बद्री केसी र रविना थापा पनि अध्यक्षको उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...