पिक्यान काठमाडौं विशेष उपत्यका कमिटीको अध्यक्षमा थापा



हाम्रो इकोनोमि

 

प्रगतिशील शैक्षिक परामर्श व्यवसायी संघ (पिक्यान) काठमाडौं विशेष उपत्यका कमिटीको अध्यक्षमा दया थापा सर्वसम्मत निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न प्रथम भेलाले सर्वसम्मत ३७ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा चैतन्य खरेल, छत्रबहादुर (क्षितीज) विष्ट, दीपक खनाल, सुशीला भण्डारी र बलराम आचार्य छन् । सचिवमा कृष्णराज भट्टराई, सहसचिवमा दीपक बास्तोला, गंगाराम बस्नेत, निरञ्जन शिवाकोटी र रविन तिम्सिना छन् भने कोषाध्यक्षमा राम थापा, सहकोषाध्यक्षमा ईश्वर पाठक छन् ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्व परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको प्रमुख आतिथ्यता तथा नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका अध्यक्ष तथा सांसद एलपी साँवा लिम्बुको विशेष आतिथ्यतामा कार्यक्रम भएको हो ।

उक्त अवसरमा पिक्यानका संयोजक विष्णु पोखरेल र सहसंयोजक राजनकुमार श्रेष्ठ लगायतको उपस्थिति थियो । कार्यक्रम सञ्चालन वुद्धिप्रसाद रेग्मीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...