एमाले पोलिटव्यूरो र वैकल्पिक सदस्य खारेज



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको आसन्न विधान महाधिवेशनमा पेश हुन लागेको विधान संशोधन मस्यौदामा केन्द्रीय सचिवालयको व्यवस्था थपिएपछि खैलाबैला मच्चिएको छ । यसअघि एमालेको विधानमा दैनिक कार्य सन्चालन लगायत पार्टीका देशभरका कार्यक्रमहरुको संयोजन तथा व्यवस्थापन गर्न महासचिवको संयोजकत्वमा केन्द्रीय सचिवालय रहने व्यवस्था थियो ।

आजबाट शुरू केन्द्रीय कमिटी बैठकमा पेस भएको मस्यौदामा महासचिवको संयोजकत्वमा केन्द्रीय कार्यालय र अध्यक्षको नेतृत्वमा केन्द्रीय सचिवालयको प्रस्ताव गरिएको छ । कतै नेकपाकालीन कार्यकारी निकायकै रूपमा केन्द्रीय सचिवालयलाई स्थापित गर्न खोजिएको हो कि भन्ने आशंका कतिपय केन्द्रीय सदस्यले गरेका छन् । प्रस्तावित विधान मस्यौदामा अध्यक्षको नेतृत्वमा पदाधिकारीमध्येबाट ७ सदस्यीय सचिवालय रहने भनिएको छ ।

त्यस्तै महासचिवको नेतृत्वमा ५ सदस्यीय केन्द्रीय कार्यालय रहने भनिएको छ । केन्द्रीय कार्यालय भइसकेपछि सचिवालय किन चाहियो रु भन्ने प्रश्न कतिपयले उठाएका छन् । स्थायी कमिटीले गरेका निर्णयहरू दैनिन्दिन कार्यान्वयन गर्नेगरी सचिवलाय प्रस्ताव गरिएको छ । यद्यपि एमालेका आधिकारिक कमिटीको संरचनामा भने सचिवालय राखिएको छैन ।

एमालेका अध्यक्ष र वरिष्ठ नेतासहित तीन उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र सात सचिव रहनेगरी पदाधिकारी प्रस्ताव गरिएको छ । यीमध्येबाट ७ जनाको सचिवालय बनाउँदा अध्यक्षको तजबिज चल्ने भएकोले आशंकाको नजरले कतिपयले हेरेका छन् ।

एमालेको प्रस्तावित विधानमा २२५ सदस्यीय केन्द्रीय कमिटी र ३५ सदस्यीय स्थायी कमिटी प्रस्ताव गरिएको छ । यसअघि एमालेमा रहेका पोलिटव्यूरो र वैकल्पिक केन्द्रीय सदस्यको संरचना खारेज गरिएको छ । ७० वर्षे उमेर हद र कार्यकारी पदमा दुई कार्यकालको हद भने कायमै राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...