नेकपा एसको चुनाव चिह्न कलम



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादी र नेकपा एकीकृतबीच एकीकरणको प्रस्ताव अघि बढेको छ । नेकपा एसका नेता राजेन्द्र पाण्डेले नेकपा एकीकृतका अध्यक्ष जीवन राईसमक्ष पार्टी एकताको प्रस्ताव राखिसकेका छन् । एमाले विवादको बेला माधव नेपाल समूहमा रहेका राईले त्यसबेला नेपालसहितका नेताहरुकै सल्लाहमा निर्वाचन आयोगमा नेकपा एकीकृत दर्ता गराएका थिए । अनेरास्ववियुको उपाध्यक्षमा पराजित भएपछि पार्टीको राजनीतिमा लागेका उनी माधव नेपाल निकट मानिन्छन् ।

नेकप एकीकृतको चुनाव चिन्ह कलम छ । माधव नेपाल निकट खिमलाल देवकोटा राष्ट्रियसभाको उपनिर्वाचनमा कलम चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका थिए । नेकपा एसले चुनाव चिह्न कलमसहित जीवन राईलाई समेट्न खोजेको छ । नेकपा एसको जारी केन्द्रीय कमिटी बैठमा पार्टीको नाम समेत परिवर्तन गर्ने विषय उठेको छ । नेकपा एकीकृत समजवादी अप्ठेरो हुने भन्दै एकीकृतमात्र राख्ने र जीवन राईलाई पार्टीमा उपयुक्त जिम्मेवारी दिनेबारे समेत नेताहरुबीच छलफल चलेको स्रोतले जनाएको छ ।

नेकपा एसका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जारी केन्द्रीय कमिटी बैठकमा चुनाव चिन्हकाम विभिन्न विकल्पहरु प्रस्तुत भएको बताए । पार्टीको नामका बारेमा पनि कुराहरु आएको तर कुनै निर्णय नभएको उनको भनाइ छ । यता नेकपा एकीकृतका अध्यक्ष जीवन राईले भने आफू समक्ष पार्टी एकीकरणका लागि औपचारिक प्रस्ताव नआएको बताए । अनौपचारिक रुपमा आफू पनि हिजो एमालेमै रहेको र अहिले दुवै पक्षमा नरहे पनि माधव नेपाल निकट भएकाले विभिन्न ढंगले कुरा हुनु स्वभाविक रहेको बताए ।

राईले भने–माधव कमरेडसँग कुरा भएको छैन । अहिले म एमालेमा पनि छैन,नेकपा एकीकृत समाजवादीमा पनि छैन । स्रोतका अनुसार जीवन राईले नेकपा एसमा केन्द्रीय सदस्यको सुनिश्चितता खोजेका छन् । राईलाई केन्द्रीय सदस्य बनाउन नेताहरु पनि सकारात्मक छन् । त्यसो हुँदा पार्टीको नाम र चुनाव चिन्ह दुवै जीवन राईकै हुनसक्ने नेताहरुले बताएका छन् । संखुवासभा घर भएका राई विद्यार्थी आन्दोलनबाट स्थापित जुझारु नेता हुन् । उनको प्रभाव काठमाडौं क्षेत्र नम्बर ४ मा समेत छ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...