यति एअरलाईन्सको पर्वतीय उडान असोज ९ गतेबाट शुरु



हाम्रो इकोनोमि

 

 

दोश्रो लकडाउन पछि रोकिएको यति एअरलाईन्सको पर्वतीय उडान असोज १० गते देखि पुनस् सुचारु हुने भएको छ । मौसममा केही सुधार हुने संकेत देखिएको र पर्वतीय उडानका लागि सेप्टेम्बर ( मार्च महिना उपयुक्त मानिने भएकोले उडान सुचारु गर्न लागिएको यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । हालका लागि प्रत्येक आईतवार एक उडान गर्ने गरि बुकिङ खुल्ला गरिएको हो । प्रत्येक आइतबारका लागि ब्त्च्(ठद्द विमान मार्फत एउटा पर्वतीय उडान हुने गरि तालिका तय गरिएको र यात्रुहरुको माग बमोजिम बिस्तारै उडान संख्या थप गर्दै जाने नीति लिएक छौं ।

हालका लागि नेपाली तथा भारतीय नागरिकका लागि सगरमाथाको उचाई बराबरको ८,८४८र( आकर्षक भाडादरमा पर्वतीय उडानको टिकट खरिद गर्न पाइने छ । आवासीय बिदेशी नागरिकका लागि भने १३ हजार दुई सय ७५ भाडादर कायम गरिएको बर्तौलाले जानकारी दिनु भयो। पहिलो लकडाउन पछि खुलेको पर्वतीय उडानमा पनि यतीले यहि भाडा दरमा उडान भरेको थियो । नेपाली यात्रुहरू तथा आवासीय बिदेशी नागरिककालागी छुट्टाछुट्टै प्यागेज ल्याएको यतीले २ वटा टिकटका लागि क्रमशः ९ हजार ८ सय ४८ र १४ हजार सात सय पचहत्तर भाडादर तोकेको छ । यो टिकट खरिद गर्दा भने यात्रुहरुले एउटा झ्याल भएको र अर्को संगैको झ्याल नभएको सिट प्राप्त गर्नेछ्न । पर्वतीय उडानका टिकट हरु नजिकको ट्राभल एजेन्सी , यतीको मोबाइल एप्स र अनलाइन मार्फत खरिद गर्न सकिने कम्पनिले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...