बागमती प्रदेशका कृषि सचिव डा. पाण्डेद्वारा पद बहाली
नवनियुक्त बागमती प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.शरण कुमार पाण्डेको पद बहाली गरेका छन् । उनले आज (सोमबार) प्रदेश कृषि सचिवमा पद बहाली गरेका हुन् । यसअघि उनी राष्ट्रिय पशु आहारा तथा लाइफस्टक गुण व्यवस्थापन प्रयोगशालाको प्रमुखको रूपमा सेवारत थिए । यस अघि बागमती प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिवको जिम्मेवारी डा. मनिता बैद्यले सम्हाल्दै आएकी थिइन् ।
केही दिन अघि प्रदेशस्थित ७ वटै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिवहरूलाई संघीय कृषि मन्त्रालयमा सरुवा गरिएको थियो भने कृषि तथा पशुपन्छी विकास मन्त्रालय तथा त्यस मातहतका सहसचिवहरूलाई प्रदेश सचिवमा सरुवा गरिएको थियो । कसैलाई काजमा त कसैलाई सरुवा नै गरी पठाइएको थियो । बागमती प्रदेशका सचिवले आज पद बाहली गरे पनि अरू प्रदेशका सचिवले एकदेखि डेढ हप्ता भित्रमा गर्ने जनाइएको छ ।