राष्ट्रिय कविता लेखन तथा वाचन प्रतियोगितामा रिलायन्स इन्टरनेसनल एकेडेमीकी छात्रा दृष्टि कुलुङ प्रथम



हाम्रो इकोनोमि

 

 

५७ औँ राष्ट्रिय बाल दिवस २०७८ को सन्दर्भमा नेपाल बाल संगठन, बालमन्दिर नक्सालद्वारा आयोजित राष्ट्रव्यापी अन्तर–विद्यालय कविता लेखन तथा वाचन प्रतियोगितामा रिलायन्स इन्टरनेसनल एकेडेमी, बुढानीलकण्ठ नगरपालिका–१० कपनमा कक्षा ९ मा अध्ययनरत छात्रा दृष्टि कुलुङ (राई) ले प्रथम स्थान ओगट्न सफल भएकी छिन् ।

त्यसै गरी चित्रकला प्रतियोगिता तर्फ रिलायन्सकै कक्षा ६ मा अध्ययनरत छात्र कार्तिक बोगटी तृतीय स्थान प्राप्त गर्न सफल भएका छन्। विजेता दुवै विद्यार्थीहरूलाई भाद्र २९ गते मंगलबार राष्ट्रपति भवनमा आयोजित एक भव्य समारोह बिच सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूद्वारा क्रमशः नगद रु. १५०००।– र ५००० एवं आकर्षक प्रमाण–पत्रद्वारा सम्मानित गरिएको हो। कोभिड–१९ को प्रकोपका कारण कम सङ्ख्यामा सहभागीहरुको उपस्थिति रहेको उक्त समारोहमा हरेक विधाका विजेता उत्कृष्ट प्रतियोगी विद्यार्थीहरूलाई पुरस्कृत एवं सम्मानित गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...