काउन्सिलको वार्षिकोत्सवमा ३५ पत्रकारलाई पुरस्कृत गरिँदै



हाम्रो इकोनोमि

 

 

प्रेस काउन्सिल नेपालले पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । काउन्सिलको वार्षिकोत्वसका अवसरमा विभिन्न विधामा ३५ पत्रकारलाई पुरस्कृत गर्ने भएको हो ।

‘प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार भरतदत्त कोइराला, ‘प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्ने पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार बद्री विनोद खनाल, ‘प्रेस काउन्सिल आचारसंहिता पत्रकारिता पुरस्कार’ उज्ज्वल शर्मा तथा ‘प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पुरस्कार’ विमल गौतम र दुर्गालाल केसीलाई प्रदान गर्ने भएको छ ।

‘प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार’ लक्की चौधरी, ‘प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार’ माधव नेपाल, विन्दुकान्त घिमिरे, गोविन्दप्रसाद चौलागाईं, रामानन्द गुप्ता, वासुदेव शर्मा, सुशील अर्याल र रमेश ढुङ्गेल तथा ‘प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार’ घनश्याम खड्का, उर्वशी बस्नेत न्यौपाने, एलपी देवकोटा, जीवन सेजुवाल, मेघराज खड्का, केसी लामिछाने, देवेन्द्र बस्नेत, देवचन्द्र भट्ट, चुडामणि लिम्बू, भगवती थापा, शिवकुमार रिजाल, रमेश खतिवडा, जगन्नाथ दुलाल र तीर्थ जैसीलाई प्रदान गरिने काउन्सिलले जनाएको छ ।

‘प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार’ पुरुषोत्तम खनाल, ‘प्रेस काउन्सिल महिला सशक्तीकरण पत्रकारिता पुरस्कार’ जमुना वर्षा शर्मा, रुपा गहतराज र अञ्जु कार्की तथा ‘प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार’ रोहित राई, अनन्त अनुराग महतो र करन ताम्राकारलाई प्रदान गरिने काउन्सिलले जनाएको छ ।

‘प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार’को राशी र एक लाख ५१ हजार रहेको छ । ‘प्रेस काउन्सिल सुरेन्द्रबहादुर पत्रकारिता पुरस्कार’ राशि र एक लाख १० हजार रहेको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...