न्यूरोडका व्यापारीक माफियाद्वारा मन्दिरको जग्गा कब्जा



हाम्रो इकोनोमि

 

 

देशभर सरकारी, सार्वजनिक तथा गुठीका जग्गा व्यक्तिले हडपेको खबर एकपछि अर्काे गरी खुलासा भइरहँदा देशकै प्रमुख व्यापारिक केन्द्र न्यूरोडस्थित ताम्राकार कम्प्लेक्स (मोवाइल हव) ले वर्षैदेखि ऐतिहासिक महत्व बोकेको श्री राधाकृष्ण मन्दिर स्थल हडपेर सो क्षेत्रमा घर बनाई व्यवसायीक रुपमा भाडामा दिदै आएको छ । ताम्राकार कम्प्लेक्स प्रवेश गर्दैगर्दा दाहिनेतर्फ देखिने यो मन्दिर कम्प्लेक्सले नै धार्मीक सोचका साथ निर्माण गरेको होला ? तर, वास्तविकता भने त्यसो होइन ।

सो कम्प्लेक्सका मालिक प्रदीप ताम्राकारले टोलबासीलाई जालझेलमा पारेर हड्पेर व्यवसायीक कम्प्लेक्स बनाई मन्दिरको जग्गा अतिक्रमण गरेको खुलेको छ  स्थानीय केही प्रभावशाली व्यक्ति तथा पाको युथ क्लवका केही पदाधिकारीको मिलोमतोमा ताम्राकार कम्प्लेक्सले उक्त राधाकृष्ण मन्दिरलाई आफ्नो विशाल भवनभित्र पारेर बाहिरबाट सटर बनाई बन्द गराउदै आएको छ ।  जुगौं देखि पुज्दै आएको आस्थाको मन्दिर व्यापारिक महलको कब्जामा पारिएकोमा स्थानीयवासी पनि असन्तुष्ट बनेका छन् ।

एक स्थानीयले आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा भने ‘ताम्राकार कप्लेक्सको नक्सा कसरी पास भयो ? ऐतिहासिक मठ मन्दिरलाई कसको स्वीकृतीमा महलभित्र पार्ने प्रपञ्च रचियो ?’ उनले भने सो अबैध कार्यलाई सरकार तथा स्थानीय निकायले किन चासो दिएन भन्ने बारेमा आफुहरुलाई अचम्म लागेको बताए । स्थानीय बासिन्दाले भने,‘ मन्दीर सत्तल कसैको पनि नीजि हुदैन यि चिजहरु खुला रहनु पर्ने हो तर ताम्राकार कम्प्लेक्सका मालिक प्रदीपले शक्ति र पैसाकै आँडमा जुगौं देखि पुज्दै आएको आस्थाको मन्दिरलाई बन्द सटरभित्र राखेर पुजाआजा गर्नबाट समेत बच्चित गरेको छ, यो सरासर अन्याय हो, यो तत्काल खुला गरिनु पर्छ ।’

सो भवनभित्र मन्दिरलाई पार्नु एकातिर धार्मिक दृष्टिले ठिक नभएको र अर्काे नक्सा पास नै नहुनु पर्नेमा त्यो भबन कसरी बन्यो भन्ने बारेमा समेत अहिले टोलबासीहरुले आवाज उठाएका छन् । यसमा कसकसको मिलोमतो छ उनीहरुमाथि कारवाही हुनु पर्ने र अनियमित ढंगबाट निर्माण भएको उक्त कम्प्लेक्स नै भत्क्याउनु पर्ने स्थानीयवासीको माग रहेको छ । यद्यपि, निरीह स्थानीयले प्रभावशाली व्यवसायीका अगाडी मुख खोलेर बोल्न भने सकेको छैन ।

स्थानीय टोलबासीले भने सो मन्दीरको नाममा रहेको जग्गालाई खुला गरि त्यहाँ भजनघर बनाउनु पर्ने माग राख्दै आएपछि प्रदीप ताम्राकारले शक्ति प्रयोग गरी टोलबासीमाथीनै दमन गर्दै आएको समेत आरोप लागेको छ । स्मरणीय छ, उक्त मन्दिर विगतमा पाको युथ क्लवद्धारा संरक्षित रहेको थियो, तर मन्दिर रहेको उक्त क्षेत्र ताम्राकार कम्प्लेक्सभित्र पारिएपछि भने त्यसको संरक्षण तथा सम्वद्र्धन ताम्राकार हाउसले गर्ने भन्दै कल्बलाई हटाएको समेत स्रोतको भनाई रहेको छ ।

युथ क्लवका केही प्रभावशाली सदस्य तथा पदाधिकारीको पहलमै सो ऐतिहासिक मन्दिर व्यापारिको कब्जामा पुगेको समेत अन्य सदस्यहरुले बताएका छन् । ताम्राकार हाउसले राधाकृष्ण मन्दीरको करिव २ आना जग्गा व्यक्तिगत रुपमा अतिक्रमण गरी व्यवसायीक भबन बताएका समेत प्राप्त कागजातबाट खुलेको छ । सो सम्बन्धमा सो हाउसका मालिक प्रदीप ताम्राकारसंग सम्र्पक गर्दा उनले सो मन्दीरको बारेमा गुठी समितिसंग सोध्नु भन्दै धम्कीपूर्ण भाषामा उत्तर दिएका छन् ।

यहाँले मन्दीरलाई चाही सटरभित्र कसरी राख्न पाउनु भयो भन्ने प्रश्नमा भने उनले कुनै जवाफ दिन चाहेनन् । उनले यति भने,‘यो भबननै गुठीको हो, गुठीसंग सम्झौता गरेर मैले भबन बनाएको हो, अरु कुरा समितिसंग नै सोध्नु ।’ यसरी सो हाउसले विद्यमान ऐन विपरित बनाएको घरभित्र सर्वाजनिक जग्गालाई समेत अतिक्रमण गर्न गुठी समितिको नाममा नक्कली कागजात समेत बनाएर घर बनाएको समेत टोलबासीहरुको ठहर रहेको छ ।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...