बाढीले काठमाडौँमा ३८२ घर डुबानमा



हाम्रो इकोनोमि

 

गएरातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौँका ३८२ घर डुबानमा परेका छन् । त्यस्तै, प्रहरीले १३८ जनालाई उद्धार गरेको छ । काठमाडौँका खोलाका किनारका स्थान डुबानमा परेको हो । प्रहरीका अनुसार बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, कोटेश्वरको नरेफाँट क्षेत्र, बालाजुको नेपालटारको तल्लो क्षेत्र, शंखमुल पार्क, कालिमाटीको तरकारी बजार क्षेत्र डुबानमा परेका छन् । हालसम्म मानवीय क्षतिका बारे जानकारी नआएको प्रहरीले जनाएको छ ।

वागमती आसपासका सबै क्षेत्रहरुमा पानी पसेको छ । थापाथलीकै युएन पार्कमा पनि पानी पसेको छ । प्रहरीले वगमती आसपास कम उचाईका क्षेत्रमा बसेका सबै घरमा पानी पसेको जनाएको छ । विहानै जोखिममा परेका सयौंलाई प्रहरीले सुरक्षित स्थानमा सारिसकेको छ ।

बंगालको खाडीबाट आएको जलवस्पयुक्त हावा र हिजो बेलुकाबाट विकास भएको स्थानीय वायुको मिश्रित प्रभावका कारण काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा भारी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । पानी पर्ने क्रम भोलि दिउँसोसम्म रहनेछ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...