साइनो नेपाल मिडिया सोसाइटीद्वारा कामना प्रतिष्ठानलाई स्वास्थ्य सामग्री हस्तान्तरण



हाम्रो इकोनोमि

 

 

साइनो नेपाल मिडिया सोसाइटीले नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
आइतबार कामना प्रकाशन गृहको सभाहलमा आयोजित एक कार्यक्रमका बीच सोसाइटीका अध्यक्ष ध्रुब पौडेल, उपाध्यक्ष गगन बिष्टसहितको टोलीले प्रतिष्ठानका अध्यक्ष राजु श्रेष्ठ र नेपाल समाचारपत्र दैनिकका सम्पादक कपिल काफ्लेलाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको हो ।
कार्यक्रममा बोल्दै सोसाइटीका अध्यक्ष पौडेलले थोरै भएपनि पत्रकारहरुका लागि स्वास्थ्य सामाग्री प्रदान गर्न पाएकोमा खुशी लागेको बताउनुभयो । सोसाइटीले नेपालको पर्यटन र सञ्चार क्षेत्रसँग सम्बन्धित रहेर विश्वका विभिन्न देशहरुसँग समन्वय गरेर अघि बढिरहेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । यस्तै नेपाल समाचारपत्रका सम्पादक कापिल काफ्लेले सोसाइटीले पत्रकारहरुको आवश्यकतालाई ध्यानमा राखेर स्वास्थ्य सामाग्री प्रदान गर्नु अत्यन्तै सराहनीय कार्य भएको बताउनुभयो ।

प्रतिष्ठानलाई स्वास्थ्य सामाग्री प्रदान गरेकोमा सोसाइटीलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्यका तयार रहेको सम्पादक काफ्लेले बताउनुभयो । उहांले मित्र राष्ट्रहरुसँग मैत्रीपूर्ण सम्बन्ध विस्तारमा सोसाइटीले महत्वपूर्ण भूमिका खेलेको भन्दै आगामी दिनमा पनि सो कार्य जारी राख्न आग्रह गर्नु भयो ।

प्रतिष्ठान शाखाका अध्यक्ष राजु श्रेष्ठले सोसाइटीले प्राथमिकताका साथ स्वास्थ्य सामग्री उपलब्ध गराएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । उहांले सोसाइटीसँग आगामी दिनमा पनि सहकार्य गर्न आफूहरु तयार रहेको भन्दै सहकार्य गर्न सकिने क्षेत्रबारे पनि जानकारी गराउन आग्रह गरे । कार्यक्रमको सहजीकरण सोसाइटीका महासचिव दीपक रिजालले गर्नु भएको थियो ।

कार्यक्रममा कामना प्रकाशनका प्रबन्ध निर्देशक दिरेकलाल श्रेष्ठ, नेपाल समाचारपत्रका सम्पादक कपिल काफ्ले, नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठानका अध्यक्ष राजु श्रेष्ठसहित प्रकाशनमा कार्यरत झण्डै दुई दर्जन पत्रकार उपस्थित थिए ।

सन् २०१६ मा स्थापित सोसाइटीले नेपाल–चीन सम्बन्धका विविध कार्यक्रमका अतिरिक्त नेपालको पर्यटन प्रवद्र्धन सम्बन्धित फोटो प्रदर्शनी, चिनियाँ भाषाको कक्षा सञ्चालन, विशिष्ट विदेशी पाहुना र पर्यटकलाई लुम्बिनी तीर्थाटनलगायत कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
सोसाइटीले चीनमा कोरोना सङ्क्रमणको सुरुआती दिनमा सिछुवानको प्रान्तीय सरकारलाई २० हजार मास्क सहयोगस्वरुप पठाएको थियो । सोसाइटीको अगुवाइमा काठमाडौँमा सिछुवान ‘फुड फेष्टिवल’ र चीनका लशानमा थाङ्का प्रदर्शनीमा सहयोग पु९याएको थियो ।

प्रतिक्रिया दिनुहोस
रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...