अफगानिस्तान अब तालिवानको जिम्मामा



 

 

देश छोडेर भागेका अफगानी राष्ट्रपति अस्रफ घानीले अफगानिस्तानमा तालिवानले जितेको स्वीकार गरेका छन् । रक्तपात रोक्नका लागि आफूले देश छोड्नुपरेको उनको जिकिर छ । सामाजिक सञ्जालमा स्टाटस लेख्दै घानीले अफगानी जनताको समन, सम्पत्ति र आत्मसंरक्षणको जिम्मा अब तालिवानसँग रहेको उल्लेख गरेका छन् ।

देश छोडेपछि पहिलो टिप्पणीमा उनले भनेका छन्, ‘तारबार र बन्दुकको बलबाट तालिवानले जितेको छ । अब मुलुकको प्रतिष्ठा र जनताको जीवन उनीहरुको हातमा छ ।’

घानी थप्छन्, ‘राजधानी छोड्नु मेरो लागि कठिन निर्णय थियो । आइतबार म निकै सकसमा परेको थिएँ । तालिवानका लडाकु राष्ट्रपति भवनमा पस्न उद्यत थिए । म उनीहरुको प्रतिकार गरौं वा मेरो प्यारो मुलुक, जसका लागि मैले आफ्नो जीवन २० वर्षदेखि सुम्पेको छु, त्यसलाई नै त्यागौं । अन्ततः मैले रगतको भेल निम्त्याउन चाहिनँ ।’

‘उनीहरु अब नयाँ ऐतिहासिक परीक्षामा छन् । या त उनीहरुले अफगानिस्तानको नाम र सम्मानलाई रक्षा गर्ने छन् या अन्य स्थान र नेटवर्कहरुलाई प्राथमिकता दिनेछन्,’ उनले थपे । आफू कहाँ छु भन्ने घानीले खुलाएका छैनन् । तर, धेरै सञ्चारमाध्यमका अनुसार उनी ताजीकिस्तानमा रहेको विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
शान्ति प्रक्रिया सफल पारौं : प्रधानमन्त्री ओली

     प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याएको श्रेय पाउने आश

३० युनिटसम्म विद्युत् प्रयोग गर्ने उपभोक्तालाई ५० प्रतिशत छुट

    सरकारको पूर्ण स्वामित्व रहेको नेपाल विद्युत् प्राधिकरणले गरिब जनताका लागि विद्युत्

ओली, देउवा र प्रचण्ड एउटै मञ्चमा

    प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु एकै मञ्चमा सहभागी भएका छन् ।

एमालेको ११ औँ महाधिवेशन सर्वसम्मत हुन्छ : उपाध्यक्ष पौडेल

     नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीको आगामी ११ औँ महाधिवेशनबाट सर्वसम्मत