कोकाकोला नेपालले ७ उत्कृष्ट आईडियालाई सिडमनी प्रदान गर्ने



 

 

वातावरण संरक्षण र युवा सहभागीता भन्ने मुख्य थिममा रहि कोकोकोला नेपाल र नेपाल युवा परिषदको संयुक्त पहल कदमीमा हरेक प्रदेशको एक उत्कृष्ट आईडियालाई रु। ५० हजार सिडमनी प्रदान गरिने जानकारी नेपाल युवा परिषदका केन्द्रिय अध्यक्ष सरोज बानियाँले बताउनुभयो । यस्ता कार्यहरु कोकाकोला नेपालले विगतका बर्षहरुमा पनि गदै आईरहेको छ र युवा सशक्तिकरण र वातावरण संरक्षणमा सक्रिय कोकाकोला नेपालले आगामी दिनहरु थप रचनात्मक कार्यहरु गर्ने विश्वास पनि बानियाँले बताउनुभयो ।

सन् २०१८ मा सम्पन्न भएको “राष्ट्रिय युवा सम्मेलन २०१८” मा हरेक प्रदेशबाट प्रस्तुत गरेको योजनाहरुबाट १र१ ओटा योजनालाई कोकाकोला नेपालसँगको आर्थिक सहकार्यमा रु। ७५,००० सिड फण्ड उपलब्ध गराई हरेक प्रदेशमा योजना कार्यन्वयन भईसकेको छ । २०१९ मा विश्व पर्यटन दिवसको अवसरमा नेपाल भ्रमण बर्ष २०२० लाई स्वागत एवं सफल पार्नका लागि नेपाल सरकार वन तथा वातावरण मन्त्रालयः वातावरण विभागको सहकार्य, नविल बैकंको मुख्य प्रायोजन र कोकाकोला नेपालको बिशेष सहयोगमा ७७ वटा जिल्लाका ७७ वटा साँस्कृतिक सम्पदाका स्थलहरुमा ६७४२ जना युवाहरुको प्रत्यक्ष सहभागीतामा र ३८१ वटा अन्य संघसंस्थाका सहकार्यमा एकै पटक राष्ट्रियस्तरको बृहत सरसफाई कार्यक्रम २०७६ सम्पन्न गर्न सफल भएको थियौ ।

नेपाल युवा परिषदले विगतका बर्षहरुमा झैँ यो बर्षमा पनि नेपाल अधिराज्यभरिका ७७ वटै जिल्लाबाट प्रत्येक जिल्लाका १ युवा र १ युवतीहरुलाई सहभागी गराई अन्र्तराष्ट्रिय युवा दिवस २०२१ को अवसरमा राष्ट्रिय युवा सम्मेलन २०२१ भर्चुअल रुपमा आयोजना गर्न लागेको छ । संयुक्त राष्ट्र संघले तय गरेको खाद्य प्रणालिमा रुपान्तरण मानव र भुमण्डलीकरण स्वास्थ्यका लागि युवा नवप्रवर्तन, स्वस्थ जीवन सुनिश्चित गर्ने र सबै उमेरका सबै मानिसको कल्याणको प्रवद्र्धन गर्ने, सिभिक स्पेस, युवा र सुचनाप्रविधिलाई मुख्य बिषय बनाई आयोजना गर्न लागेको हो र यस सम्मेलन राजधानीमा आगामी अगष्ट १२ र १३, २०२१ अर्थात श्रावण २८ र २९, २०७८ सम्म भर्चुअल रुपमा चल्नेछ । कोभिड १९ को दोस्रो तथा तेस्रो सक्रमंणलाई मध्यनजर गर्दै यस बर्षको राष्ट्रिय युवा सम्मेलन २०२१ भर्चुअल रुपमा आयोजना गर्न लागिएको हो ।

२ दिनसम्म चल्ने सम्मेलनमा २२० जना युवाहरुको सहभागिता रहनेछ जसमा १५४ जना ७७ जिल्लाका १ महिला र १ पुरुष हुनेछ भने अन्य ६६ जनामा बिभिन्न समुदायका युवाहरुलाई प्रतिनिधित्व गराई यस सम्मेलन एक समावेशीताको उत्कृष्ट उदाहरण हुनेछ भन्ने कुरामा आयोजक बिश्वस्त रहेको छ र जसमा ५० प्रतिशत महिलाहरु नै सहभागी हुनेछ ।

सम्मेलनमा संयुक्त राष्ट्र संघले तय गरेको खाद्य प्रणालिमा रुपान्तरण मानव र भुमण्डलीकरण स्वास्थ्यका लागि युवा नवप्रवर्तन, स्वस्थ जीवन सुनिश्चित गर्ने र सबै उमेरका सबै मानिसको कल्याणको प्रवद्र्धन गर्ने, सिभिक स्पेस, युवा र सुचनाप्रविधिलाई मुख्य बिषय बनाई बिभिन्न प्रस्तोताहरुबाट कार्यपत्र प्रस्तुत गरिनेछ ।

नेपालको कुल जनसंख्याको करिव ४१ प्रतिशत हिस्सा ओगटेको युवा जमातले नेतृत्वदायी भुमिकामा आउन वा ल्याउन आवश्यक देखिन्छ तबमात्र नेपालमा परिवर्तन आउछ भन्ने बिश्वास आयोजकले लिएको छ । “युवा परिवर्तनको संवाहक हुन्” भन्ने नाराको साथ काम गर्दै आईरहेको नेपाल युवा परिषदले हरेक बर्ष नेपाल अधिराज्यभरिबाट युवाहरुलाई राजधानीमा भेला गराई राष्ट्रिय युवा सम्मेलन आयोजना गर्दैे आइरहेको छ । पहिलोपटक राष्ट्रिय युवा सम्मेलन २०१५ आयोजना गर्दा ५२ जिल्ला, राष्ट्रिय युवा सम्मेलन २०१६ मा ६८ जिल्ला, त्यसैगरि सन् २०१७ मा ७४ जिल्ला, २०१८ मा ७७ वटै जिल्लाका २०४ र २०१९ मा ७७ वटै जिल्लाका २०४ जना युवाहरुको सहभागितामा राष्ट्रिय युवा सम्मेलन आयोजना गर्न सफल भईसकेको छौ । साथै २०१८ मा ७ ओटै प्रदेशमा युएनडिपी नेपालको सहकार्यमा एसडिजी फेस्टिबल आयोजना गरी दिगो विकास लक्ष्य प्राप्ती गर्न र दिगो विकास लक्ष्यलाई स्थानियकरण गर्न पनि नेपाल युवा परिषद धेरै नै सक्रिय रहेको छ ।

साथै २०१९ मा हरेक प्रदेशमा “प्रदेश युवा सम्मेलन २०१९” गरी स्थानीय तहमा रहेका युवाहरुलाई क्षमता अभिबृद्धि गर्न र सम्मेलनले तयार गरेको कार्ययोजनालाई प्रदेश सरकार मुख्यमन्त्रीको कार्यालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र प्रदेश योजना आयोगलाई बुझाउन सफल भएका थियौ जसले गर्दा आगामी बर्षको निति तथा कार्यक्रमम युवाको सवालहरुलाई प्राथमिकता साथ समेट्न पहल हुने कुरामा नेपाल युवा परिषद निकै नै आशाबादी रहेको छ । सन् २०२० मा ७ वटै प्रदेशमा दोस्रो “प्रदेश युवा सम्मेलन २०२०” पनि भर्चुअल रुपमा सम्पन्न गरी करिब २००० जना युवाहरुलाई निर्वाचन र गुड गर्भनेन्स बिषयमा बिशेष कार्यक्षेत्र बनाई गत अगष्ट देखि नोभेम्बरसम्म सम्पन्न गर्न सफल भएका थियौ ।
गत बर्षको राष्ट्रिय युवा सम्मेलन २०२० मा ७७ बटै जिल्लाहरुबाट करिब ५५० भन्दा बढी युवाहरुले भर्चुअल माध्यमबाट कार्यक्रममा सहभागी भई बिभिन्न ८ वटा बिषयगत क्षेत्रहरुका बिभिन्न व्यक्तित्वहरुले कार्यपत्र प्रस्तुत गरी ४ दिने कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्

साना दल फुटाउन अध्यादेश आउने संकेत

    विपक्षी दलहरुले साना दलहरु फुटाउन सरकारले अध्यादेश ल्याउनसक्ने आशंका गरेका छन्