पाँच पटकसम्म प्रधानमन्त्री हुँदा पनि देउवाको बुद्धि पलाएन : डा. केसी



हाम्रो इकोनोमि

 

 

चिकित्सा शिक्षाको क्षेत्रमा आमूल परिवर्तनका लागि भन्दै विभिन्न माग राखेर कयौं पटक अनशन बसेर चर्चा कमाएका डा. गोविन्द केसीले प्रधानमन्त्री शेरबहादुर देउवाको अझै बुद्धि नपलाएको टिप्पणी गरेका छन् । देउवा सरकारले केही राम्रो काम गर्ला भन्ने आफूले आश राखेको तर, देउवाको सुरुकै कामले आफू निराश भएको बताउँदै उनले सो टिप्पणी गरेका हुन् । एक कार्यक्रममा बोल्दै उनले देउवा पाँचौं पटक प्रधानमन्त्रीमा नियुक्त हुँदा पनि ‘बुद्धि नपलाएको’ भन्दै व्यङ्ग्यसम्म गरेका छन् ।

देउवा प्रधानमन्त्री भएको पाँचौंपटक भयो, यीनले केही गर्छन कि जस्तो लागेको थियो, पाँचौपटक प्रधानमन्त्री बन्दा अलिकति बुद्धि पलाउँछ भनेको त झन्… बुद्धि भएको पलाउनु,’ डा. केसीले व्यङ्ग्य गर्दै भने । देउवा नेतृत्वको सवर्तमान रकारले स्वास्थ्य राज्यमन्त्रीमा व्यवसायी उमेश श्रेष्ठलाई नियुक्त गरेपछि डा. केसीले आक्रोश व्यक्त गर्दै आएका छन् । त्यसो त डा. केसीले केही दिनअगाडि श्रेष्ठलाई बर्खास्त गर्न माग गर्दै प्रधानमन्त्रीलाई खबरदारी पत्रसमेत लेखेका थिए । उनले देउवा सरकारले केही राम्रो काम गर्ला भन्ने आफूले आश राखेको तर देउवाको सुरुकै कामले आफू निराश भएको पत्रमा उल्लेख गरेका छन् ।

डा. केसीका अलावा अन्य व्यक्तिहरूबाट पनि श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेकामा असन्तुष्टि र आलोचनाहरू आइरहेका छन् । उनले बुधबारको सत्ता गठबन्धनको बैठकमा आफूले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेकोमा माफी समेत मागिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...