नेपालकै पहिलो कृषक पेन्सन कार्यक्रम



हाम्रो इकोनोमि

 

 

गुल्मि जिल्लाको पुर्वी भेगमा अवस्थित गाउपालिका हो छत्रकोट गाउपालिका। स्थानिय निकायको निर्वाचन अघि जिविको पार्जनमा सिमित कृषि उत्पादन अहिले ठुला बजारको मागलाइ धान्ने गरि निर्यात हुन लागेको छ । कृषी पेशालाइ प्रमुख पेशाको रुपमा अङ्गाल्ने संख्या धेरै छ तर ब्यवसायिक कृषकको संख्या चाहि बिस्तारै बढ्दै छ। बढ्दै गरेका ब्यवसायिक कृषकको हौसला दिनको लागि गाउपालिकाले यसै वर्षदेखि मुलुककै पहिलो र लोकपृय ` कृषक पेन्सन´ कार्यक्रम ल्याएको छ ।

जसरी बि. स.२०५२ सालमा प्रधानमन्त्री मनमोहन अधिकारिले वृद्ध भत्ताको कार्यक्रम ल्याए तेस्तै पहिलो शुरूवात हो छत्रकोट अध्यक्ष मधुकृश्ण पन्तको कृषक पेन्सन कार्यक्रम । देशको बिध्यमान अवस्था र कोभिडको कारणले गाउँ फर्किएका युवाहरुलाइ आकर्षक गर्न र पुराना कृषक जसले गाउपालिकाको आर्थिक समृद्धिलाई नै टेवा पुर्याएका छन तिनिहरुको सम्म्मानका लागि यो कार्यक्रम ल्याइएको हो। कार्यक्रम अरु अरु ठाउमा पनि चर्चामा रहे पनि कृषकलाई बोलाएर बाढ्नै शुरूवात गर्नेमा मुलुककै छट्रकोट १ नम्बरमा पर्दछ। ` पालिकाका धेरै जनता कृषि पेशामा आवद्ध छन तर प्रत्येक बर्षको तथ्यांक हेर्दा आयात बढदै गैरहेको अवस्था छ, दिगो कृषिको चिन्तन नै छैन यस्ता धेरै समस्याहरुको उजागरण गर्न साथै ब्यवसायिक कृषकको दायरा बढाइ संख्या घटाउने र उत्पादन बढाउने कार्यमा जोड दिन यो कार्यक्रम ल्याइएको हो´ गाउपालिका अध्यक्ष पन्त।

गाउपालिकाले दशौ गाउसभाबाट ऐन र कार्यविधी सार्वजनिक गर्दै कृषकलाइ वर्गीकरण गरि कृषक पेन्सन दिने भएको हो। कार्यबिधी अनुसार उत्पादनका आधरमा क, ख, ग गरि तीन भागमा कृषकलाइ वर्गिकरण गरिएको छ। वार्षिक ३ लाख ४० हजार भन्दा बढी कमाउने कृषकलाइ क वर्गमा राखिने छ। एक कार्यक्रमका बिच ३१ जना क बर्गका कृषकलाई सम्मान गर्दै कृषक पेन्सनको शुरुवात गरिएको थियो। कार्यबिधी अनुसार मासिक एक हजार रुपैया क बर्गका कृषकलाइ प्रदान गरिने छ। वार्शिक १ लाख ४० हजार भन्दा बढि कमाउने कृषकलाइ मासिक एक हजार प्रदान गरिने छ। उत्पादन र नाफा घटे कृषकले पेन्सनमा दाबी गर्न पाउने छैनन् ।

गाउपालिका उपाध्यक्ष नर्मदा भण्डारीले कृषकलाइ बधाई तथा शुभकामना दिदै अनुगमन नियमनका बारेमा जानकारी दिनु भयो। प्रमुख प्रशासकिय अधिकृत पुण्य पौडेलले कार्यक्रमको सहजिकरण गर्नु भयो।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...