देश दर्शन बस सेवा पुनः सुचारु



हाम्रो इकोनोमि

 

 

साउन ६ गते बाट देश दर्शन बस सेवा पुनः सुचारु भएको छ । दोस्रो निषेधआज्ञा सुरु भए पश्चात कोभिड १९ को संन्त्रासले सम्पूर्ण सेवाहरु बन्द भएको थियो । हाल पोखरा, बुटवल, भैरहवा, सुनौली, जनकपुर र बिरगंजमा दैनिक तथा रात्रीकालीन बस सेवा सुचारु गरेको जानकारी देश दर्शन बससेवाका कार्यकारी निर्देशक श्रीकान्त आचार्य बताउनु भयो ।

आन्तरिक तथा बाह्य पर्यटकलाई बस चढ्नुअगाडि शरीरको तापक्रम मापन गर्ने, चालक, सहचालक यात्रुलाई मास्कको अनिवार्य व्यवस्था गर्ने, बसभित्र स्यानिटाइजर गर्नेलगायतका सम्पूर्ण व्यवस्था मिलाएको प्रालिका बजार व्यवस्थापक प्रल्हाद लोहनीले बताउनुभयो । देश दर्शन बसको टिकट देशदर्शन बससेवा प्रालिको वेवसाइट, नेट पे, लक्जरियर्स ट्राभल्स र इसेवामार्फत प्राप्त गर्न सकिने उहाँको भनाइ छ ।

‘पहिला देश अनि विदेश’ भन्ने नाराका साथमा आन्तरिक पर्यटकको वृद्धि एवम् विकास गर्ने लक्ष्यका साथ बससेवा संचालनमा ल्याईएको जानकारी देश दर्शन बस सेवा प्रा.लि का अध्यक्ष सिएन पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...