देश दर्शन बस सेवा पुनः सुचारु



हाम्रो इकोनोमि

 

 

साउन ६ गते बाट देश दर्शन बस सेवा पुनः सुचारु भएको छ । दोस्रो निषेधआज्ञा सुरु भए पश्चात कोभिड १९ को संन्त्रासले सम्पूर्ण सेवाहरु बन्द भएको थियो । हाल पोखरा, बुटवल, भैरहवा, सुनौली, जनकपुर र बिरगंजमा दैनिक तथा रात्रीकालीन बस सेवा सुचारु गरेको जानकारी देश दर्शन बससेवाका कार्यकारी निर्देशक श्रीकान्त आचार्य बताउनु भयो ।

आन्तरिक तथा बाह्य पर्यटकलाई बस चढ्नुअगाडि शरीरको तापक्रम मापन गर्ने, चालक, सहचालक यात्रुलाई मास्कको अनिवार्य व्यवस्था गर्ने, बसभित्र स्यानिटाइजर गर्नेलगायतका सम्पूर्ण व्यवस्था मिलाएको प्रालिका बजार व्यवस्थापक प्रल्हाद लोहनीले बताउनुभयो । देश दर्शन बसको टिकट देशदर्शन बससेवा प्रालिको वेवसाइट, नेट पे, लक्जरियर्स ट्राभल्स र इसेवामार्फत प्राप्त गर्न सकिने उहाँको भनाइ छ ।

‘पहिला देश अनि विदेश’ भन्ने नाराका साथमा आन्तरिक पर्यटकको वृद्धि एवम् विकास गर्ने लक्ष्यका साथ बससेवा संचालनमा ल्याईएको जानकारी देश दर्शन बस सेवा प्रा.लि का अध्यक्ष सिएन पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...