आयल निगमको सबै कारोबार एउटै अनलाइन प्रणालीमा



हाम्रो इकोनोमि

 

 

नेपाल आयल निगमले एकीकृत सूचना प्रविधिमा आधारित इन्टरप्राइज रिसोर्स प्लानिङ प्रणाली -ईआरपी) कार्यान्वयनमा ल्याएको छ । एक वर्षको तयारीपछि ईआरपीको कार्यान्वयन सुरु भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । पहिलो चरणमा आइतबारदेखि देशैभरका निगमको डिपोहरुबाट विद्युतीय लेखा प्रणालीमा आधारित भुक्तानी सेवा सुरु भएको उनले बताए ।

निगमसँग तेल खरिद गर्ने व्यापारीहरु अब घरमै बसेर विद्युतीय प्रणालीमा आधारित कारोबार गर्न सक्छन्, निगमको र लेखा प्रशासन अब विद्युतीय भएको छ,’ प्रवक्ता उपाध्यायले भने । अब देखि निगमले उपलब्ध गराएको युजर नाम र पासवर्डबाट प्रणालीमै व्यवसायीले तेलको अर्डर गर्न र त्यसको भुक्तानी पनि गर्न सक्ने उनको भनाइ छ ।

विद्युतीय माग र भुक्तानीकै आधारमा डिपोमा पुग्ने ट्यांकरमा तेल लोड हुने हुँदा निगममा बैंक भौचर र नगद कारोबारको युगको अन्त्य भएको प्रवक्ता उपाध्यायले बताए । ईआरपी अन्र्तगतको विद्युतीय कारोबारको थालनीको आइतबार निगमको सूदुरपश्चिम प्रादेशिक कार्यालयबाट गरिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले बताए । ‘आइतबार हामीले सुदुरपश्चिम प्रदेशबाट विद्युतीय बिल जारी गरेका छौं, देशैभरका डिपोहरुमा यो प्रयोग भइरहेको छ,’ कार्यकारी निर्देशक पौडेलले भने ।

एकीकृत प्रणाली पनि छिट्टै

पहिलो चरणमा इआरपीमार्फत निगमको लेखा प्रणालीलाई विद्युतीय भूक्तानीमा आधारित बनाइएको र बिस्तारै सबै काम ईआरपी प्रणालीमै लैजाने निगमले जनाएको छ ।

भारतीय आयल कर्पोरेसनदेखि निगमको तेल बिक्री गर्ने सबै पेट्रोल पम्पसमेत एउटै सूचना प्रविधिमा जोडिने प्रणालीमा इन्धन बिक्री, कर्मचारीको हाजिरी, तलव र आर्थिक विवरण, ट्यांकरको जिपीएस ट्र्याकिङ लगायतका विषय जोडिने निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले बताए ।

‘निगमको लेखा, प्रशासन, वितरण, इन्जिनियरिङ, सबै प्रदेशिक डिपो, शाखा कार्यालय, हवाई इन्धन डिपो तथा ट्यांकरलाई समेत यो प्रविधिसँग छिट्टै एकीकृत हुन्छ,’ कार्यकारी निर्देशक पौडेलले भने । प्रणाली पूर्ण फेजमा सञ्चालनमा आएपछि निगमको सबै प्रणाली एकै क्लिकबाट अनुगमन, निरिक्षण र चुहावट पहिल्याउन सकिने पौडेलको दावी छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...