आयल निगमको सबै कारोबार एउटै अनलाइन प्रणालीमा



हाम्रो इकोनोमि

 

 

नेपाल आयल निगमले एकीकृत सूचना प्रविधिमा आधारित इन्टरप्राइज रिसोर्स प्लानिङ प्रणाली -ईआरपी) कार्यान्वयनमा ल्याएको छ । एक वर्षको तयारीपछि ईआरपीको कार्यान्वयन सुरु भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । पहिलो चरणमा आइतबारदेखि देशैभरका निगमको डिपोहरुबाट विद्युतीय लेखा प्रणालीमा आधारित भुक्तानी सेवा सुरु भएको उनले बताए ।

निगमसँग तेल खरिद गर्ने व्यापारीहरु अब घरमै बसेर विद्युतीय प्रणालीमा आधारित कारोबार गर्न सक्छन्, निगमको र लेखा प्रशासन अब विद्युतीय भएको छ,’ प्रवक्ता उपाध्यायले भने । अब देखि निगमले उपलब्ध गराएको युजर नाम र पासवर्डबाट प्रणालीमै व्यवसायीले तेलको अर्डर गर्न र त्यसको भुक्तानी पनि गर्न सक्ने उनको भनाइ छ ।

विद्युतीय माग र भुक्तानीकै आधारमा डिपोमा पुग्ने ट्यांकरमा तेल लोड हुने हुँदा निगममा बैंक भौचर र नगद कारोबारको युगको अन्त्य भएको प्रवक्ता उपाध्यायले बताए । ईआरपी अन्र्तगतको विद्युतीय कारोबारको थालनीको आइतबार निगमको सूदुरपश्चिम प्रादेशिक कार्यालयबाट गरिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले बताए । ‘आइतबार हामीले सुदुरपश्चिम प्रदेशबाट विद्युतीय बिल जारी गरेका छौं, देशैभरका डिपोहरुमा यो प्रयोग भइरहेको छ,’ कार्यकारी निर्देशक पौडेलले भने ।

एकीकृत प्रणाली पनि छिट्टै

पहिलो चरणमा इआरपीमार्फत निगमको लेखा प्रणालीलाई विद्युतीय भूक्तानीमा आधारित बनाइएको र बिस्तारै सबै काम ईआरपी प्रणालीमै लैजाने निगमले जनाएको छ ।

भारतीय आयल कर्पोरेसनदेखि निगमको तेल बिक्री गर्ने सबै पेट्रोल पम्पसमेत एउटै सूचना प्रविधिमा जोडिने प्रणालीमा इन्धन बिक्री, कर्मचारीको हाजिरी, तलव र आर्थिक विवरण, ट्यांकरको जिपीएस ट्र्याकिङ लगायतका विषय जोडिने निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले बताए ।

‘निगमको लेखा, प्रशासन, वितरण, इन्जिनियरिङ, सबै प्रदेशिक डिपो, शाखा कार्यालय, हवाई इन्धन डिपो तथा ट्यांकरलाई समेत यो प्रविधिसँग छिट्टै एकीकृत हुन्छ,’ कार्यकारी निर्देशक पौडेलले भने । प्रणाली पूर्ण फेजमा सञ्चालनमा आएपछि निगमको सबै प्रणाली एकै क्लिकबाट अनुगमन, निरिक्षण र चुहावट पहिल्याउन सकिने पौडेलको दावी छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...