६ वर्षपछि नेपाल आयल निगम घाटामा



हाम्रो इकोनोमि

 

 

सरकारको स्वामित्वमा रहेका कम्पनी प्रायः घाटामा चलिरहेका छन् । अपवादका रुपमा नेपाल आयल निगम थियो, जसले २०७१/७२ देखि निरन्तर नाफा कमाइरहेको थियो । त्यो सिलसिला पनि अब तोडिएको छ ।

खाना पकाउने ग्यासको मूल्य समायोजन गर्न नसक्दा निगम पछिल्लो समय घाटामा डुबेको छ । एक वर्षभित्रै १८ चोटि गरिएको मूल्यवृद्धिले पनि निगमलाई उक्साउन सकेन । आर्थिक वर्ष २०७१/७२ देखि निरन्तर नाफा गर्दै आएको निगम ६ वर्षपछि आव २०७७/७८ मा घाटामा गएको हो । यस आर्थिक वर्षमा निगमलाई करिब ५ अर्ब रूपैयाँ घाटा भएको छ । गत वर्ष निगमले १२ अर्ब ८७ करोड नाफा गरेको थियो ।

निगमले व्यवहोरेको घाटाको मुख्य स्रोत ग्यास नै भएको अधिकारी बताउँछन् । निगमका अनुसार अहिले प्रतिसिलिन्डर ग्यास बिक्री गर्दा ३ सय १९ रूपैयाँ ३२ पैसा घाटा हुन्छ । गत आर्थिक वर्षमा पेट्रोलियम पदार्थको १८ पटक मूल्य समायोजन हुँदा ग्यासको मूल्य भने दुईपटक मात्रै वृद्धि भएको थियो । गत माघ महिनामा ग्यासको मूल्य १ हजार ३७५ बाट बढाएर १ हजार ४ सय रूपैयाँ कायम भएको थियो । त्यसपछि अर्थिक वर्षको अन्तिम महिना असारमा १ हजार ४२५ रूपैयाँ पुर्‍याइएको छ ।

कोरोनाको समयमा आर्थिक क्रियाकलाप कम भएकोले उपभोक्तालाई मार पर्ने भन्दै निगमले ग्यासको मूल्य लामो समय नचलाएको हो । ग्यासको आयात कम गर्ने उद्देश्यका साथ निवर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विद्युतीय चुल्होलगायत भान्सामा प्रयोग हुने सामानको भन्सार घटाएर २५ प्रतिशतमा झारेका थिए । विस्तारै ग्यासलाई विद्यूतीय चुल्होले प्रतिस्थापन गर्न सकेमा निगमको बोझ कम हुने देखिन्छ ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले ग्यासमा मूल्य समायोजन गर्न नसकेको करणले नै निगम घाटामा गएको बताए । उनले भने, ‘कोरोनाको समयमा ग्यासको मूल्य समायोजन गर्न सकिएन । उपभोक्तालाई राहत दिने भनेर नै ग्यासको मूल्य नबढाइएको हो ।’

पौडेलका अनुसार अहिले निगमले प्रतिसिलिन्डर ४ देखि ५ सय रूपैयाँ घाटा सहेर पनि ग्यास बेचेको छ । कोरोना महामारीका बेला तत्कालीन सरकारले ग्यासको मूल्य नबढाउन निगमलाई दवाव दिएको थिया । गत आवको अन्त्यसमा निगमले प्रतिसिलिन्डर २५ रूपैयाँ मूल्य वृद्धि गरेको छ ।

विश्व बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धिसँगै नियमित मूल्य समायोजन गर्न नसक्दा नोक्सान भएको आयल निगमले बताएको छ । पेट्रोलियम पदार्थको प्रचलित बजारमूल्य लागत मूल्यभन्दा कम भएपछि निगमले नोक्सानी भोग्नु परेको हो । निगमले हाल १५ दिनको अवधिमा करिब १ अर्ब हाराहारीमा नोक्सान व्यहोरेको छ ।

कुन वर्ष कति नाफा ?

आब २०६५/६६ देखि निगमले निरन्तर ५ वर्ष घाटा व्यहोरेको थियो । आब २०७१/७२ मा आएर निगमले १५ अर्ब ४ करोड नाफा कमायो । यस्तै, आव २०७२/७३ मा १९ अर्ब ३६ करोड, आव २०७३/७४ मा ९ अर्ब ४५ करोड, आव २०७४/७५ मा ३ अर्ब ५८ करोड, आव २०७५/७६ मा ८ अर्ब ६५ करोड नाफा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...