जयनगर-जनकपुर रेल्वे ट्रयाकमा स्पिड परीक्षण गरिने



हाम्रो इकोनोमि

 

 

सरकारले रेल खरिद गरेर ल्याएको १० महिनापछि भोलि रेल्वे ट्रयाकको स्पिड परीक्षण र सर्टिफिकेसन गर्ने तयारी थालिएको छ । जयनगर (भारत)-जनकपुर-कुर्था रेल्वे ट्रयाकमा आइतवार भारतको इस्ट-सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभद्वारा स्पिड टेस्ट गरिने नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले बताए ।

उनका अनुसार परीक्षणको क्रममा रेलको स्पिड १२० किलोमिटर प्रतिघण्टा हुनेछ । उनले सामाजिक सञ्जालमार्फत स्पिड परीक्षण गर्नुपर्ने भन्दै आइतवार रेल्वे ट्रयाक खाली गर्न सर्वसधारणसँग अनुरोध गरेका छन् ।

रेल्वे ट्रयाक वरपर चौपाया, साइकल, मोटरसाइकल, बालबच्चा नछोड्न आग्रह गरेका छन् । ट्रयाक आसपासका बस्तीमा माइकिङ समेत गराएको छ । सूचनाको अवज्ञा गर्दा कुनै दुर्घटना भएमा ब्यक्ति स्वयं जिम्मेबार हुने र कानून अनुसार कारबाही समेत गरिने चेतावनी उनको छ ।

सरकारले ८४ करोड ६५ लाख रुपैयाँमा भारतसँग खरिद गरेको दुईसेट रेल गतवर्षको असोज २ गते ल्याइसकेको छ । तर कर्मचारी व्यवस्थापन, कानून अभाव र भारतसँग सम्झौतामा ढिलाई लगायतका कारणले हालसम्म रेल सञ्चालनमा आउन सकेका छैन ।

सशस्त्र प्रहरीको टोली परिचालन गरेर १० महिनादेखि इनरवा स्टेशनमा रेल थन्काएर राखिएको छ । सरकारले पहिलो चरणमा भारतको जयनगरदेखि नेपालको बर्दिवाससम्म ६९ किलोमिटर रेल सञ्चालन गर्ने लक्ष्य राखेको थियो । तर, जयनगरदेखि नेपालको कुर्थासम्म ३४ किलोमिटर मात्र रेल ट्रयाक निर्माण भएको छ । कुर्थादेखि बर्दिवाससम्म रेल्वे ट्रयाक निर्माणाधिन अवस्थामा छ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...