भीडभाड हुनेबाहेकका अधिकांश व्यवसाय आजदेखि खुला



हाम्रो इकोनोमि

 

 

काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा पुनः एक साताका लागि थप भएको छ । तर, थपिएको निषेधाज्ञामा भीडभाड हुनेबाहेकका अधिकांश व्यवसाय खुला गर्न पाइने छ । यसअघि खाद्यान्नलगायत अत्यावश्यक वस्तुका पसलहरूमात्रै खुल रहँदै आएका थिए । नयाँ आदेशानुसार यसअघि यातायातमा लागू गरिएको जोरबिजोर प्रणाली हटाउँदै सबै प्रकारका सवारीसाधन सञ्चालन गर्न पाइने छ ।

स्थानीय प्रशासनको अनुमतिमा विशेष कामका लागि बाहिरका सवारीसाधान समेत भित्रिन पाउने व्यवस्था यसपटक गरिएको छ । आदेशमा भीडभाड हुने बाहेकका अधिकांश व्यवसाय साँझ ६ बजेसम्मका लागि खुला गरिएको छ । सभा, सम्मेलन, सिनेमा हल, होटल, पार्टी प्यालेसलगायत दर्शकसहित भीडभाड हुने सबै प्रकारका गतिविधिमा भने पूर्ण रोक लगाइएको छ ।

यस्तै पार्टी प्यालेसमा हुने विवाह, व्रतबन्धलगायत सामूहिकरूपमा गरिने कार्यक्रम, नित्य पूजाबाहेक सबै धार्मिक कार्यक्रम, भौतिक उपस्थितिमा हुने पठपाठनका गतिविधिसमेत गर्न पाइने छैन । स्थानीय ढुवानीका साधन बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ देखि ७ बजेसम्म सञ्चालन गर्न पाइने तर औषधि तथा स्वास्थ्य सामग्री पसल जुनसुकै बेला खुला रहने छ । अत्यावश्यक वस्तुको अनलाइन ‘अर्डर’, रेष्टुरेन्ट तथा फाष्टफुड एवं अन्य अर्डरको टेकअवे र होमडेलिभरी साँझ ७ बजेसम्म गर्न पाइने छ ।

सफा टेम्पो र तथा निलो माइक्रोबसलाई पछाडिको तेर्सो सिटमा चार/चार र चालकको छेउमा एक गरी नौ जना मात्रै यात्रु राख्न भनिएको छ । गाडीको बीचमा दुइतर्फ यात्रु छुट्याउने गरी प्लाष्टिकको छेकबार लगाउनु पर्ने छ । सार्वजनिक तथा निजी निर्माणका लागि सामग्री ढुवानीका सवारी साधान बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्नुपर्ने छ ।

पूर्वनिर्धारित सबै किसिमका लिखित तथा प्रयोगात्मक परीक्षा शर्त पालना गरी सञ्चालन गर्न सकिने छ । त्यसरी परीक्षा सञ्चालन गर्दा हल तथा कोठाको आधारमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाइएको छ । गोष्ठी, सेमिनार, बैठक, प्रशिक्षणजस्ता कार्यक्रममा २५ जनाभन्दा बढी सहभागी हुन नपाइने आदेशमा उल्लेख छ । थपिएको निषेधाज्ञा यही असार ३१ गते राति १२ बजेसम्म कायम रहने छ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...