सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटाउने तयारी



हाम्रो इकोनोमि

 

 

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो पार्दै थप एक साता लम्व्याउने तयारी भएको छ । उपत्यकाका काठमाडौ,ललितपुर र भक्तपुरका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको आज बस्ने संयुक्त बैठकले यसबारेमा थप छलफल गरेर निर्णय गर्नेछ ।

‘निषेधाज्ञाबारे निर्णय गर्न आज दिउँसो तीन बजे बैठक बस्दैछ । बैठकपछि के गर्ने के नगर्ने भन्ने निर्णय हुन्छ’, भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भने, ‘सार्वजनिक यातायातको जोरबिजोर प्रणाली खारेज गरेर नीजि सवारी साधनमा भने जोरबिजोर कायमै राख्ने कि ? भन्ने छलफलको विषय छ ।’

स्रोतका अनुसार प्रमुख जिल्ला अधिकारीको बैठकले सीसीएमसी र स्वास्थ्य मन्त्रालयको समेत सुझावका आधारमा निषेधाज्ञा खुकुलो बनाउँदै थप एक साता लम्व्याउने तयारी गरेको छ । साथै बैठकमा लामो दुरीका सार्वजनिक यातायात खोल्ने बारेमा समेत छलफल हुनेछ । तर विद्यालय, पार्टी प्यालेस, सिनेमा हल खुल्न भने अझै केही समय लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...