काठमाडौंमा रेल ल्याउन चिनियाँको प्रस्ताव



हाम्रो इकोनोमि

 

 

नेपाल-चीनबीचको बहुप्रतीक्षित रेलमार्गलाई सगरमाथा राष्ट्रिय निकुञ्ज हुँदै भूमिगत सुरुङ निर्माण गरेर लैजान चीनले सुझाव दिएको छ । परियोजनामा संलग्न एक वरिष्ठ इन्जिनियरले अन्य भूभागबाट रेल लैजान कठिन रहेको बताएका छन् । ती इन्जिनियरलाई उध्दृत गर्दै हङकङको प्रतिष्ठित अखबार साउथ चाइना मर्निङ पोस्टले सगरमाथा क्षेत्र हुँदै नेपाल(चीन रेलमार्ग बनाउन सुझाएको बारे समाचार लेखेको छ ।

वातावरण संरक्षित क्षेत्रमा ठूला परियोजना निर्माण गर्न चिनियाँ कानूनले अनुमति नदिने उल्लेख छ । ८ बिलियन अमेरिकी डलर लागत लाग्ने बताइएको उक्त रेलमार्गले नेपालको अर्थतन्त्र उकास्नमा प्रमुख भूमिका खेल्ने जनाइएको छ । दुबै मुलुकको एक हजार किलोमिटर लामो सीमा हुँदै रेलमार्ग बनाउन ६ वटा रुट प्रस्ताव गरिएको र कुन रुट छनौट गर्ने भन्नेबारे चिनियाँ प्राविधिक अन्यौलमा छन् । प्रस्तावित रुटमध्ये सगरमाथा राष्ट्रिय निकुञ्ज हुँदै रेलमार्ग लैजाने विषयमा बहस केन्द्रित भएको जनाइएको छ ।

चीनको स्थानीय अखबार रेलवे स्ट्रान्डड डिजाइनमा गत बुधबार प्रकाशित समाचारमा सगरमाथा राष्ट्रिय निकुञ्ज हुँदै बनाइने रेलमार्गमा ३० किलोमिटर लामो सुरुङ बनाउन सहमति जुटेको उल्लेख छ । सान्ची प्रान्तस्थित चिनियाँ रेलवे फस्ट सर्भे तथा डिजाइन इन्स्टिच्युट ग्रुपका वरिष्ठ इन्जिनियर लियाङ दोङले एक तिहाइभन्दा बढी सुरुङ सगरमाथा राष्ट्रिय निकुञ्जमा भूमिगत तरिकाले बनाउने सहमति जुटेको उक्त अखबारलाई बताएका छन् ।

उक्त रेलमार्गले नेपाली राजधानी काठमाडौंबाट सीमावर्ती सहर गैरुङ हुँदै तिब्बतको रिकाजे सहरलाई जोड्छ । ५१३ किलोमिटर लामो उक्त रेलमार्ग निर्माणमा ८.२७ बिलियन अमेरिकी डलर खर्च हुने इन्जिनियर लियाङले जनाएका छन् । विज्ञ प्राविधिकहरुले तयार पारेको उक्त ढाँचा र लागतसहितको प्रतिवेदन चीन र नेपाल सरकारलाई बुझाउने तयारी भैरहेको छ । सन् २०१६ मा नेपाल र चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ अन्तर्गत रेलमार्ग निर्माणमा सम्झौता गरेका थिए ।

सगरमाथा आधार शिविर हुँदै रेलमार्ग बनाउने प्रस्तावबारे काठमाडौंस्थित चिनियाँ दूतावासले कुनै प्रतिक्रिया जनाएको छैन । इन्जिनियर लियाङका अनुसार प्रत्येक रुटका आफ्नै खाले राम्रा र नराम्रा पक्ष छन् र प्रारम्भिक मूल्यांकनको चरणमा अन्य केही रुटबारे गरिएका प्रस्तावलाई अस्वीकार गरिएको थियो किनभने ती रुट निर्माण महंगो हुने अनुमान थियो ।

लागत महंगो हुने र रुट पनि लामो हुने भएकाले अन्य रुटको तुलनामा सगरमाथा निकुञ्जलाई छानिएको उल्लेख छ । सगरमाथा निकुञ्ज जोगाउन उक्त रुटको विकल्पमा प्राविधिकले सीमावर्ती सहर झाङ्मुको रुट पनि प्रस्ताव गरेका छन् । तर, भौगोलिक कठिनाइ र अन्य कठिनाइले उक्त रुटलाई प्राथमिकतामा राखिएको छैन । नेपालमा गएको ८.१ म्याग्निच्युडको भूकम्पले झाङ्मु क्षेत्रको भौगोलिक अवस्था कमजोर बनेको प्राविधिकको आधारमा उक्त रुट कम प्राथमिकतामा परेको हो ।

प्रतिक्रिया दिनुहोस
गगन समूहले रास्वपासँग मित लगाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन थापा समूहले रास्वपासँग...

क्यापस्टोन एक्सेलेरेटरका लागि हाँडी बिरयानी छनोट

    नेपालको आतिथ्य तथा खाद्य सेवा क्षेत्रमा मुगल तथा उत्तर भारतीय परिकारलाई...

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

   प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता सकिएको छ ।...

साउनको अन्तिम सोमबार पशुपतिमा व्रतालुको घुइँचो

    आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथमा श्रद्धालुहरुको घुइँचो लागेको छ ।...