नेपालमा कोरोनाको नयाँ प्रजाती भित्रियो



हाम्रो इकोनोमि

 

 

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्टको परिवर्तित रूप पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले अहिले देखिएका नयाँ प्रजातीका भाइरस बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरूलाई असर पार्ने देखिएकाले थप सचेतता अपनाउन आग्रह गरेको छ ।

गत वैशाख २७ देखि जेठ २० सम्म देशका विभिन्न ठाउँबाट विभिन्न उमेर समूहका व्यक्तिबाट संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट भारत पठाइएका नमूनामध्ये गर्दा ४७ वटा नमूनामा डेल्टा भेरियन्टको बी.१.६१७.२, एउटा नमूनामा अल्फा भेरियन्ट मन्त्रालयले विज्ञप्ति निकालेर जनाएको छ ।

डेल्टा भेरीयन्ट पुष्टी भएका ४७ नमूनामध्ये ९ वटामा थप उत्परिवर्तन एवाई. १ भनिने के१४१७एन म्युटेसन भेटिएको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीको हस्ताक्षरमा जारी विज्ञप्तिमा उल्लेख छ । हाल सम्म यो प्रजाती नेपालसहित संसारका १० भन्दा वढी राष्ट्रहरूमा पुष्टि भएको मन्त्रालयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...