स्वीस बैंकमा नेपालीको पैसा ४६ अर्ब ६४ करोड



हाम्रो इकोनोमि

 

 

स्वीट्जरल्यान्डको केन्द्रीय बैंक (स्वीस नेसनल बैंक)ले पछिल्लो वार्षिक विवरण सार्वजनिक गरेको छ । जसमा नेपाल, भारत लगायतका मुलुकका नागरिकले गरेको बचतमा वृद्धि भएको देखिन्छ । गतसाता सार्वजनिक गरिएको विवरणमा सन् २०२० मा नेपालीको स्वीस बैंकमा अहिलेको विनिमय दरअनुसार ४६ अर्ब ६४ करोड बचत रहेको उल्लेख छ ।

सन् २०१९ मा स्वीस बैंकमा नेपालीले २२ अर्ब ७३ करोड बचत गरेको विवरण समेत जारी प्रतिवेदनमा उल्लेख छ । सन् २०२० मा भारतीयले स्वीस बैंकमा २०,७०० करोड भारु बचत गरेको पनि जनाइएको छ । भारतीय बचत १३ वर्ष यताकै उच्च रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।नेपालीको बचत भने सन् २०२० मा दोब्बर भएको देखिन्छ । यो रकम ब्याजसहितको हो ।

स्वीस बैंकले बचतकर्ताको गोपनियता कायम राख्ने भएकाले बचतकर्ताको नाम र कति संख्या भन्ने उल्लेख हुँदैन । वित्तिय जोखिम समेत कम हुने भएकाले बचतकर्ताको आकर्षण स्वीस बैंकमा हुने गरेको छ । २२४ देशका नागरिकले स्वीस बैंकमा रकम बचत गरेको देखिन्छ । कतिपय अन्तर्राष्ट्रिय निकायले सम्पत्ति शुद्धीकरणको मामिलामा सघाउन र पारदर्शीमा लचिलो बन्न स्वीस बैंकलाई दबाब दिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...