बस्तीमा बाढी पस्दा २० भन्दा बढि घर विस्थापित



हाम्रो इकोनोमि

 

 

सल्यान : जिल्लाको छत्रेश्वरी गाउँपालिका ६ र शारदा नगरपालिका १३ को सिमानामा रहेको संघार खोलामा आएको बाढी बस्तीमा पस्दा २० घर विस्थापित भएका छन्। बिहीबार साँझ बाढी बस्तीमा पसेपछि सांघारका २० घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

विस्थापित २० घरपरिवार आफन्तको घरमा बसिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद श्रेष्ठले जानकारी दिए।

प्रहरी र स्थानीयको सहकार्यमा घरभित्रका मालसामानलगायत सामान सुरक्षित गरिएको उनको भनाइ छ। पाँच दिनदेखिको अविरल वर्षाका कारण जिल्लाका दुई दर्जन बढी सडकसमेत अवरुद्ध भएका छन्।

 

प्रतिक्रिया दिनुहोस
फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...