मेलम्ची आयोजनाका २३ जना कामदार सम्पर्कविहीन



हाम्रो इकोनोमि

 

 

अविरल वर्षाका कारण सिन्धुपाल्चोकको हेलम्बुमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको क्याम्प बगाएपछि अलपत्र परेका ४७ जना कामदारहरु उद्धार गरिएको छ । हेलम्बु गाउँपालिका -१ आम्बाथानमा रहेको आयोजनाको मुहान नजिकैको क्याम्पमा बस्ने ७० जना कामदार तथा आयोजनाका कर्मचारीहरु बाढीमा फसेका थिए ।

आयोजनामा फसेका ४७ जना कामदारहरुलाई नेपाली सेना तथा निजी कम्पनीको हेलिकप्टरबाट उद्धार गरी धुलिखेल अस्पतालमा राखिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले  बताए । उनले भने, ‘हेलिकप्टरले ३÷४ खेप गरी कामदारहरुलाई उद्धार गरेर धुलिखेल अस्पतालमा राखिएको छ । उनीहरु घाइते थिए थिएनन् भन्ने खुल्न सकेको छैन । अब उद्धार गर्नुपर्ने कति छन् अझै जानकारी आइसकेको छैन ।’

मंगलबार राति आएको बाढीले कामदारहरु बसेको क्याम्प बगाएको थियो । केही कामदारहरु भागेर ज्यान जोगाउन सफल भए भने अन्य सम्पर्कविहीन छन् । मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स निर्माण कार्य भइरहेकाले नेपाली, चिनियाँ र भारतीय तथा आयोजनाको कर्मचारी सहित ७० जना त्यहाँ कार्यरत थिए । बाढीमा फसेकाहरुको खोजी तथा उद्धार कार्य भइरहेको छ ।

आयोजनाको कर्मचारी मजदुरहरुको उद्धारमा मेलम्ची खानेपानी आयोजना, निर्माण व्यवसायी, परामर्शदाताहरु खटिरहेको र बेपत्ताहरुको खोजी भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । अम्बाथान क्याम्पमा नेपाली, भारतीय र चिनियाँ कम्तिमा ७० जना  कामदार रहेकाे मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए ।

उनले भने, ‘उद्धार गर्नुपर्ने अझै धेरै छन् । तर उनीहरुको अवस्था अज्ञात रहेकोले उद्धारमा समस्या भइरहेको छ । खोजी गर्नका लागि नेपाली सेना पुग्न सकेको छैन ।’ उनका अनुसार ७० जना मध्यै अझै पनि २३ जना सम्पर्कविहीन छन् ।

बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति पुगे पनि हालसम्म सुरुङ भने सुरक्षित रहेको उनले बताए । मुहानभन्दा माथि बाढी आएपछि सुुरुङको गेट बन्द गरिएकाले क्षति हुन पाएन । तर हेर्डवक्सको सरंचनाहरु भने डुबानमा परेका छन् । मेलम्चीमा आएको बाढीले हालसम्म ७ जनाले ज्यान गुमाइसकेका छन् । चनौटे, तिम्बु तारामाराङ तथा मेलम्ची बजारमा बाढी पसेको छ । बाढीले दर्जनौं पुलहरु बगाएको छ ।

प्रतिक्रिया दिनुहोस
फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...