निवर्तमान मन्त्री आलेका पहलमा २५ शयया उपलब्ध



हाम्रो इकोनोमि

 

 

निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेका पहलमा जिल्ला अस्पताल डोटीका लागि २५ शयया उपलब्ध गराइएको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढीरहेका र उपचार गर्न शयया अभाब भएको खबर आएपछि निवर्तमान मन्त्री तथा (एमाले) नेता आलेको पहलमा उक्त शयया उपलब्ध गराइएको हो । स्व. मोहन गोपाल खेतानको सम्झानामा स्थापित परोपकारी संस्था “अवसर पाउण्डेसन” र गोरखा ब्रुअरी प्रालीले ती शययाहरु उपलब्ध गराएको निवर्तमान मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो ।

 

संस्थाले उपलब्ध गराएका शययाहरु कम्तिमा पनि रु ७ लाख ५० हजारका रहेका छन् । उक्त शययाहरु संस्थाका अध्यक्ष पिपि खेतानले आज निवर्तमा मन्त्री आलेलाई हस्तान्तरण गर्नु भएको हो । उपलब्ध भएका शययाहरु अबको दुइ तीन दिनमा डोटी पुग्ने गरी पठाउने तयारी भएरहेको बताइएको छ । आलेले यस अघि पनि आफ्नै लगानीमा जिल्ला अस्पतालमा भरिएका अक्सिजन सिलिन्डर, मास्क, स्यानीटाइजर तथा औषधी बितरण गर्नु भएको थियो । जिल्लामा अस्पतालमा २५ शयया थप आउने भएपछि यहाँका नागरिकहरुमा खुशीयाली छाउनुका साथै बिरामीको उपचारमा गर्न सहज हुने जिल्ला स्वास्थ्य कार्यालयका मेडिकल सुपरीटेन्डेन्ट कृष्णराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “शयया अपुग भएका कारण बिरामीको उपचारमा समस्या थियो, हामीले निवर्तमान मन्त्री ज्यूलाई शययाका लागि पहल गरीदिन आग्रह गरेका थियौँ, उहाँको पहलमा शयया आउने जानकारी पायौँ, अब बिरामीलाई सहज हुने छ ।”

 

जिल्लाका नागरिकलाई कोरोना जोखिमबाट बचाउनका लागि निवर्तमान मन्त्री आलेले बिभिन्न निकाय तथा संघ संस्थासँग पहल गर्दै स्वास्थ्य सामग्रीको आपुर्ति गर्दै आउनु भएको छ । जिल्लाबासी हुन वा अन्य क्षेत्रका बिरामी परेका गरीब तथा बिपन्न नागरिकलाई समेत उहाँले औषधी उपचारका लागि आर्थिक सहयोग समेत दिँदै आएनु भएको छ । यसै सिलसिलामा उहाँले सोमबार मात्रै माटोको ढिस्कोले पुरिएर दुबै खुट्टा भाचिएका हुम्लाको सिमकोट गाउँपालिका–७ का ११ वर्षीय बालक युद्ध शाहीको उपचारका लागिरु १५ हजार प्रदान गर्नु भएको थियो । निवर्तमान मन्त्री तथा एमाले नेता आलेले हाल सम्म कम्तिमा पनि एक हजार भन्दा बढी बिपन्न तथा आर्थिक अवस्था कम्जोर भएका नागरिकलाई आर्थिक सहयोग गरीसक्नु भएको बताइएको छ । विमल विष्ट

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...