पोखरेललाई झलनाथले भने–पार्टी मिलाउनुहोस कमरेड



हाम्रो इकोनोमि

 

नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले नर्भिक अस्पतालमा उपचार गराईरहेका झलनाथ खनाललाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकार लिएका छन् । पोखरेलका प्रेस संयोजक गणेश पाण्डेले पोखरेलले नेता खनाललाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएको जनाएका छन् ।भेटवार्ताको क्रममा नेता खनालले पार्टी मिलाउनको लागि पोखरेललाई आग्रह गरेको पनि बताईएको छ ।

 

पाण्डेले लेखेका छन्–नेकपा (एमाले)का महासचिव एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई भेटी उहाँको स्वास्थ्य अवस्था बारे जानकारी लिनुभयो । भेटमा नेता खनालले महासचिव पोखरेललाई ‘तपाईंले पार्टी मिलाउनुस् कमरेड !’ भनेर आग्रह गर्नुभयो । शीघ्र स्वास्थ्य लाभको कामना गर्दै महासचिव पोखरेलले ‘तपाईं छिट्टै निको भएर आउनुस् अनि सल्लाह गरौं!’ भन्नुभयो ।’

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...