निवर्तमान आलेद्धारा आर्थिक सहयोग



हाम्रो इकोनोमि

 

निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले दुवै खुट्टा भाँचिएर घाइते भएका हुम्लाको सिमकोट गाउँपालिका–७ का ११ वर्षीय बालक युद्ध शाहीको उपचारका लागि आर्थिक सहयोग गर्नु भएको छ । आर्थिक अभावका कारण घाइते बालकको उपचारमा समस्या भएको जानकारी पाएपछि निवर्तमान मन्त्री आलेले रु १५ हजार उपचारका लागि प्रदान गर्नु भएको हो ।

हुम्लाका राससकर्मी दाने बोहराको राष्ट्रिय बाणिज्य बैंक हुम्ला शादाको खातामा उपचारकारका लागि उक्त रकम पठाउनु भएको उहाँका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो । निज बालक माटो खन्ने क्रममा यहि जेठ २९ गते दुवै खुट्टा भाँचिएर घाइते भएका थिए । केही दिन अगाडि जबु गाउँका विशाल शाहीको आगलागी भएको घर नयाँ मर्मतका लागि माटो खन्न गएका युद्ध शाहीको खुट्टा भाँचिएर हड्डी बाहिर निस्किएको र उपचारमा समस्या भएको स्थानीयवासी तथा पत्रकार दाने बोहराले जानकारी दिनुभयो ।

घाइते बालकका बुवाको केही वर्ष अगाडि नै निधन भएको तथा आमाले अर्कैसँग विवाह गरेका कारण उनको जिल्ला बाहिर थप उपचारका लागि लैजान आर्थिक सहयोग गर्ने कोही नभएका कारण आर्थिक सहयोग जुटाउनु परेको पत्रकार बोहराले खबर गरेपछि निवर्तमान मन्त्री आलेले उक्त रकम सहयोग गर्नु भएको हो । आलेले यस अघि पनि थुप्रै पीडितहरुलाई उपचारका लागि आर्थिक सहयोग गर्नु भएको छ ।

 

विमलबहादुर विष्ट

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...