ज्ञानेन्द्र शाहीको आठ लाखको चेक बाउन्स, यस्तो छ लफडा



हाम्रो इकोनोमि

 

 

समाज सेवा र राहत वितरणका नाममा निषेधाज्ञावीच मादक पदार्थ खाएर गाउँलेसँग झगडा पर्दा सुर्खेतका गाउँलेले टाउको फुटाइदिएका सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले पुरानो ऋण नतिरेको आरोप छ । शाहीले विभिन्न व्यक्तिलाई तिर्नुपर्ने लाखौं रुपैयाँ वर्षौंदेखि नतिरी सामाजिक अभियन्ता बनेको बताइन्छ ।

केही वर्षअघि काठमाडौंमा व्यापार गर्दाको पैसा शाहीले तिरेको देखिएन । जुम्लाका ज्ञानबहादुर शाही अरुको पैसा नतिरेर सामाजिक अभियन्ता बनी एकाएक ज्ञानेन्द्र शाहीको रूपमा प्रकट भएका हुन् । २०७४ सालताका उनले अरु तीन जनासँग मिलेर काठमाडौंमा विद्युतीय सामान बेच्ने अनलाइन व्यापार शुरु गरेका थिए ।

काँडाघारीमा कार्यालय खोलिएको शाहीको कम्पनीको नाम केटिएमबज डट कम थियो । केही समयपछि उनीहरुले विद्युतीय सामानसँगै खाद्यान्नसमेत अनलाइनबाट बिक्री गर्न थाले । त्यहि समय पार्टनरबीच खिचलो शुरु भयो र छुट्टी भिन्नसमेत भयो ।

 

 

तर शाहीले भने अब व्यापार आफैँ गर्ने भन्दै सवारी साधनको पछाडि भागमा चामल,विद्युतीय सामान, थर्मस र कपडा राखेर चोक चोकमा बिक्री गर्न थाले । त्यहि क्रममा कालिमाटीमा जय पशुपतिनाथ सप्लायर्सबाट २०७५ सालमा ८ सय ४० बोरा चामल उठाए । जसको मूल्य झण्डै नौ लाख रुपैयाँ भएको सप्लायर्सका प्रोप्राइटर अरविन्द अग्रहरीले बताएका छन् ।

त्यसबेलाको नौ लाख रुपैयाँको न साँवा,न ब्याज नदिई व्यापारीलाई हालसम्म चिल्लीबिल्ली पारेका शाही दुखीलाई न्याय दिलाउने अहिलेका सामाजिक अभियन्ता हुन् । अग्रहरीलगायतका व्यापारीले पटक पटक आफ्नो रकम भुक्तानी गर्न आग्रह गरेपछि शाहीले लामो समयसम्म उनीहरुको फोनै ब्लक गरेका थिए ।
यदाकदा फोन उठाएर पुरानो रकम तिर्छु भनेपनि शाहीले तीन वर्षसम्म झुक्याएको उनीहरु बताउँछन् । अहिले पनि भाखा मात्र सार्ने शाहीले पैसा तिर्न आनाकानी गरेपछि व्यापारीहरुले प्रहरी प्रशासन गुहार्न लागेका छन् ।

अग्रहरीलाई उनले एउटा सहकारी र अर्को बैंकको गरी दुई वटा चेक भिडाएका छन् । तर,पैसा नभएको खाताको उक्त चेकको कुनै अर्थ नभएको उनले जनआस्थालाई बताए । शाहीले काँडाघारीको पुष्कर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ६ लाख ४१ हजार र एभरेष्ट बैंकको १ लाख २८ हजार ५ सय रुपैयाँको मिति उल्लेख नगरिएको चेक काटेका हुन्  जनआस्थाले जनाएको छ ।

तर,त्यसको कुनै उपादेयता नभएपछि व्यापारीले उनलाई पटक पटक फोन गरेका थिए । शाहीले फोनमा पैसा दिन्छु भन्ने तर नदिने प्रवृत्ति देखाएपछि आफू कानुनी उपचारमा जानुको विकल्प नरहेको अग्रहरी बताउँछन् । यसअघि शाहीको कुपण्डोलस्थित कार्यालयमा समेत सम्पर्क राख्दा फोन नउठाएको तर पिएमार्फत् रेडिमेड जवाफ दिएर शाही धेरै पटक उम्केको उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...