शक्तिसंघर्षले नेतृत्व दोस्रो पुस्तामा सर्ने संकेत



हाम्रो इकोनोमि

 

प्रमुख राजनीतिक दलका शिर्ष नेताहरु ७० को हाराहारी र त्योभन्दा माथि छन् । विगत एक दशकयता राजनीति यी नेताहरुको वरपर घुमिरहेको छ । गिरिजाप्रसाद कोइरालाको निधनपछि नयाँ पुस्ता नेपालको राजनीतिमा शक्तिशाली बन्यो । सुशील कोइराला केही समय शक्तिमा रहे । तर, उनको निधनपछि काँग्रेसमा शेरबहादुर देउवा हावी भए । अहिले देउवा, पुष्पकमल दाहाल प्रचण्ड, केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, महन्थ ठाकुर, उपेन्द्र यादव, डा.बाबुराम भट्टराई मुख्य शक्ति हुन् । यीनै नेताहरुबीच देशमा मुख्य शक्तिसंघर्ष चलिरहेको छ ।

७० को हाराहारीमा पुगेका र नाघेका यी नेताहरुबाट दोस्रो पुस्तामा सत्ता हस्तान्तरणको पहल भइरहेको छ । दोस्रो पुस्ताले पुरानो पुस्ताबाट सजिलै सत्ता आउला भन्ने देखिरहेको छ । उनीहरु संघर्ष गर्न साहस गर्न सकिरहेका छैनन् । त्यसैले पुरानो पुस्ताकै वरपर शक्ति घुमिरहेको छ । नेकपा एमालेमा केपी शर्मा ओली र माधवकुमार नेपालबीच मुख्य संघर्ष चलिरहेको छ । झलनाथ खनाल र बामदेव गौतम पनि यसमा सहभागी छन् । उनीहरुपछिको पुस्ताका भीम रावल र ईश्वर पोखरेल फरक खेमामा छन् । उनीहरु दुवै नेतृत्वमा पुगिहाल्ने तर्फ बढेको देखिदैनन् ।

नेपाली काँग्रेसमा शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच नै संघर्ष केन्द्रित छ । त्यसपछिका पुस्ताका प्रकाशमान सिंह, डा. सशांक कोइरारा, डा. शेखर कोइराला, सुजाता कोइराला, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला नेतृत्वमा पुग्न संघर्षरत छन् । तर, उनीहरु एक्लै अगाडि बढ्ने अवस्थामा देखिएका छैनन् । यो पुस्तामा तत्काल नेतृत्व आइपुग्ने देखिएको छैन । सिटौला ७० कटिसकेका छन् । अन्य नेताहरु ७० को आसपास पुगिसकेका छन् । देउवा र पौडेल ७० कटिसकेका छन् ।

नेकपा माओवादी केन्द्रमा पुष्पकमल दाहाल प्रचण्डको एकछत्र प्रभाव छ । ७० नजिक पुगेका प्रचण्डबाट अहिले नै नेतृत्व हस्तान्तरण हुने देखिदैन । माओवादीमा नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा पनि प्रचण्डकै पुस्ताका हुन् । त्यसपछिका पुस्ताका जर्नादन शर्मा प्रभाकर, वर्षमान पुन, मातृका यादवहरु नेतृत्वका दाबेदार देखिन्छन् । तर, उनीहरुमा यति चाँडै नेतृत्व पुग्ने सम्भावना कमजोर छ । मधेश केन्द्रित दलहरु लामो समय एक हुन सकेका छैनन् । मधेश केन्द्रित दलहरुमा महन्थ ठाकुर पुराना पुस्ताका हुन् । उपेन्द्र यादव विगत एक दशकयता मधेश केन्द्रित दलको नेतृत्वमा छन् । यी नेताहरुबाट नेतृत्व हस्तान्तरण भइहाल्ने देखिदैन । बरु मधेश केन्द्रित दलमा नेता धेरै छन् ।

प्रतिक्रिया दिनुहोस
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा

  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहलाई नैतिकताका आधारमा तत्काल...

प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न हुन्न : योगेश भट्टराई

  नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न खोजिरहेको आरोप लगाएका...

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    जेठ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

२०४६ देखि २०८२ चैत सम्म को-को पर्दैछन सम्पत्ति छानबिनमा

    सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदधारी बहाल र सेवा निवृत्त...