अक्सिजन कन्सेटेसर र अक्सिजन सिलिन्डर सहित नेता नेपाल गाउँ गाउँमा



हाम्रो इकोनोमि

 

वागमती प्रदेशका पुर्व मन्त्री तथा प्रदेश सभा सदस्य अरुण नेपालको नेतृत्वमा जिल्लाका अस्पताल, स्वास्थ्यचौकी र पालिकाहरुमा स्वास्थ्य सामाग्री बितरण गरिएको छ। जिल्लाका ब्यवसायी एवं पार्टीका नेता टपेन्द्र तिमल्सिना, लिसखु गाउँपालिका अध्यक्ष कमल नेपाल,नेकपा एमाले सुनकाेशि गाउँपालिका अध्यक्ष प्रेमलाल लामा हरुको सहकार्यमा जिल्लाको सुनकोसी गाउँपालिका वडा न. २, वडा न. ७ लामोसाघु, सदाबहार अस्पताल खाडीचौरमा स्वास्थ्य सामाग्री बितरण गरिएको हो। यस्तै जिल्लाको बाह्रबिसे नगर पालिकाको वडा न. १,२,३,५ र ७ मा पनि स्वास्थ्य सामाग्री बितरण गरिएको प्रदेश सभा सदस्य नेपालले बताउनु भयो। जलबिरे, खाडीचौर र बाह्रबिसे अस्पतालमा अक्सिजन उत्पादन गर्ने कन्सेटेसर,अक्सिजन सिलिन्डर लगाएत अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु बितरण गरिएको थियो।
पछिल्ला दिनहरुमा कोरोना संक्रमण दर गाउँ -गाउँ सम्म पुगेपछी स्थानिय जनताहरुलाई संक्रमणबाट जोगाउन र संक्रमितहरुलाई सहज उपचारको ब्यवस्थापन गर्न स्थानीय अस्पताल र स्वास्थ्य चौकीहरुमा औषधि, अक्सिजन र स्वास्थ्य सामाग्री आफै लिएर नेता नेपाल गाउँ गाउँ पुग्न थाल्नु भएको हो। कोरोना महामारीका बीच जनताको स्वास्थ्यको बारेमा चासो राख्दै नेता नेपाल लगाएत जिल्लाका ब्यवसायी र स्थानीय नेताहरु स्थानीय जनताहरुको घर घरमा पुगेर स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन थालेपछि स्थानीय जनताहरुले खुशी व्यक्त गरेका छन। स्वास्थ कर्मिको हौसला बढाउन र संक्रमीत स्थानीय जनताहरुको स्वास्थ्य अवस्थाको जानकारी लिन जिल्लाका पालिका, अस्पताल र स्वास्थ्य चौकीको अवस्था बुझ्न साथै अतिआवश्यक स्वास्थ्य सामाग्रीको जोहो र ब्यवस्थापन गर्न आफू लागि परिरहेको नेता नेपालले बताउनु भयो।
तारादेवी नेपाल (प्रकृति ) सिन्धुपाल्चोक 

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...