चीनबाट ८ लाख डोज खोप काठमाडौं आइपुग्यो



हाम्रो इकोनोमि

 

 

चीनले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोपमध्ये ८ लाख मात्रा आज काठमाडौं आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी बिमानले बेइजिङबाट उक्त परिमाणको खोप ल्याइपुर्‍याएको हो । खोप ल्याएको उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

आजै, चीनको कुन्मिङबाट हिमालयन एयरलाइन्सको विमानले थप एकलाख डोज खोप काठमाडौं ल्याउँदैछ । बुधबार पनि कुन्मिङबाट हिमालयन एयरलाइन्सको जहाजले थप १ लाख डोज खोप ल्याउने भएको छ ।

यसैसाता राष्ट्रपति विद्यादेवी भण्डारीसँगको टेलिफोन संवादपछि चिनियाँ समकक्षी सी जिङपिङले नेपाललाई कोभिड-१९ महमारीविरुद्ध १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेका थिए । चीनले सिनोफार्म कम्पनीले विकास गरेको भेरोसेल खोप उपलब्ध गराएको हो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...