काठमाडौं उपत्यकामा एकसाता निषेधाज्ञा थप्ने तयारी



हाम्रो इकोनोमि

 

राजधानी उपत्यकामा जारी निषेधाज्ञालाई एक साता थप्ने तयारी भएको छ । कोरोनाभाइरस संक्रमणमा उल्लेखनीय कमी नभएको र अझै केही समय परिस्थितीलाई हेर्नुपर्ने भएकाले निषेधाज्ञा एक साता लम्ब्याउने तयारी गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए ।

आज अपरान्ह बस्ने उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गर्नेछ । प्रजिअ पराजुलीका अनुसार खाद्य तथा किराना पसल खुलाउन दिने तयारी भएको छ । अहिलेको निषेधाज्ञा जेठ २० गते मध्यरातसम्म कायमै छ । निषेधाज्ञालाई कडाइ तुल्याउने जानकारी दिँदै प्रजिअ पराजुलीले आज बस्ने बैठकले थप निर्णय गर्न सक्ने समेत बताए ।

काठमाडौंको अवस्था कस्तो छ ?

सोमवार कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकामध्ये सबैभन्दा धेरै काठमाण्डौं जिल्लाका रहेका छन् । राजधानीका ८९० जनासहित भक्तपुरका २२० जना र ललितपुरका २५२ जना गरी उपत्यकामा थप १,३६२ जना सङ्क्रमित थपिएका छन्। काठमाडौंमा १४ हजार ७९५ जना सक्रिय संक्रमित छन् । भक्तपुरमा ४४०९ र ललितपुरमा ६३९१ जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...