काठमाडौं उपत्यकामा एकसाता निषेधाज्ञा थप्ने तयारी



हाम्रो इकोनोमि

 

राजधानी उपत्यकामा जारी निषेधाज्ञालाई एक साता थप्ने तयारी भएको छ । कोरोनाभाइरस संक्रमणमा उल्लेखनीय कमी नभएको र अझै केही समय परिस्थितीलाई हेर्नुपर्ने भएकाले निषेधाज्ञा एक साता लम्ब्याउने तयारी गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए ।

आज अपरान्ह बस्ने उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गर्नेछ । प्रजिअ पराजुलीका अनुसार खाद्य तथा किराना पसल खुलाउन दिने तयारी भएको छ । अहिलेको निषेधाज्ञा जेठ २० गते मध्यरातसम्म कायमै छ । निषेधाज्ञालाई कडाइ तुल्याउने जानकारी दिँदै प्रजिअ पराजुलीले आज बस्ने बैठकले थप निर्णय गर्न सक्ने समेत बताए ।

काठमाडौंको अवस्था कस्तो छ ?

सोमवार कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकामध्ये सबैभन्दा धेरै काठमाण्डौं जिल्लाका रहेका छन् । राजधानीका ८९० जनासहित भक्तपुरका २२० जना र ललितपुरका २५२ जना गरी उपत्यकामा थप १,३६२ जना सङ्क्रमित थपिएका छन्। काठमाडौंमा १४ हजार ७९५ जना सक्रिय संक्रमित छन् । भक्तपुरमा ४४०९ र ललितपुरमा ६३९१ जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...